अस्पतालमा अनुमतिविना फोटो-भिडियो खिचे कारबाही हुने, सरकारको कडा चेतावनी

अस्पतालमा अनुमतिविना फोटो-भिडियो खिचे कारबाही हुने, सरकारको कडा चेतावनी

  • बुधबार, बैशाख १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 28K
    SHARES

काठमाडौँ । सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र तोडफोड, तालाबन्दी र अवाञ्छित गतिविधि गर्नेहरूलाई कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय स्वास्थ्य संस्थाहरूमा बढ्दै गएका उच्छृङ्खल गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

बिरामीको गोपनीयता र उपचारमा अवरोध
केही व्यक्तिहरू अनुमतिविना अस्पतालको संवेदनशील क्षेत्रमा प्रवेश गरी बिरामी र स्वास्थ्यकर्मीको फोटो-भिडियो खिच्ने, अन्तर्वार्ताका नाममा भीडभाड गर्ने र उपचारमा अवरोध पुर्‍याउने गरेको गुनासो आएको मन्त्रालयले उल्लेख गरेको छ। यस्ता क्रियाकलापले बिरामीको गोपनीयताको हक हनन् हुनुका साथै उपचार प्रक्रियामा समेत गम्भीर नकारात्मक असर परेको मन्त्रालयको ठहर छ।

कानुनी व्यवस्था र कारबाहीको आधार
मन्त्रालयले विज्ञप्तिमार्फत प्रचलित कानुनबारे स्मरण गराउँदै निम्न बुँदाहरूमा जोड दिएको छ:

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६: यस ऐनको दफा ३ अनुसार उपचारमा बाधा पुर्‍याउन नपाइने र स्वास्थ्यकर्मीमाथि हातपात, धम्की, गालीगलौज वा अपमानजनक व्यवहार गर्न निषेध गरिएको छ।

मुलुकी अपराध संहिता, २०७४: संहिताको दफा २९५ अनुसार अनुमतिविना कसैको तस्बिर खिच्न र त्यसलाई प्रकाशन वा प्रसारण गर्न पाइँदैन।

“अस्पताल जस्तो संवेदनशील क्षेत्रमा अनुमति विना भिडियो बनाउने र स्वास्थ्यकर्मीमाथि अमर्यादित व्यवहार गर्ने कार्य प्रचलित कानुनको ठाडो उल्लङ्घन हो,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रशासन र सुरक्षा निकायलाई निर्देशन
मन्त्रालयले यस्ता गतिविधि नियन्त्रणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई समेत जानकारी गराइसकेको छ। सूचनाको अवज्ञा गरी कानुन विपरीतका कार्य गर्ने जोकोहीलाई तत्काल नियन्त्रणमा लिई कारबाही अघि बढाइने चेतावनी दिइएको छ।

साथै, उपचारका क्रममा कुनै कमजोरी भएको आशंका लागेमा भौतिक आक्रमण वा अवाञ्छित गतिविधि गर्नुको साटो सम्बन्धित निकायमा उजुरी गरी तथ्यपरक छानबिनको कानुनी बाटो अपनाउन समेत मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी