आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चीन सरकारले ५८ करोड रुपैयाँ भन्दा बढी नगद सहयोग दिने भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
चीन सरकारबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रदान गर्ने प्रस्तावित चार मिलियन अमेरिकी डलर अर्थात करिब ५८ करोड १२ लाख रुपैयाँ नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको मन्त्री अर्यालले बताएका हुन्।
यस अघि भारतले संयौको संख्यामा सवारी साधनहरु सहयोग गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline