प्राकृतिक चिकित्सा विशेषज्ञ डा. गीता केसी उत्कृष्ट घाेषित

प्राकृतिक चिकित्सा विशेषज्ञ डा. गीता केसी उत्कृष्ट घाेषित

  • सोमवार, फाल्गुन ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 22.7K
    SHARES

११ फागुन, काठमाडाैं । स्पार्क हेल्थ हाेम हस्पिटलमा कार्यरत प्राकृतिक चिकित्सा विशेषज्ञ (नेचुराेपेथी फिजिसियन) डा. गीता केसी उत्कृष्ट घाेषित भएकी छन् ।

प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार सेवा दिँदै आइरहेकाे हस्पिटलकाे साेमबार अस्पताल परिसरमा मनाइएकाे ३४ओैं वार्षिकाेत्सव कार्यक्रममा डा. केसीलाई अस्पतालले कार्य क्षमताका आधारमा उत्कृष्ट घाेषणा गरेकाे हाे ।

अस्पतालमा थुप्रै चिकित्सक तथा कर्मचारी छन् । अस्पतालले हरेक वर्ष एकलाई उत्कृष्ट चिकित्सक घाेषणा गर्दै सम्मान गर्ने गरेकाे छ । डा. केसीलाई प्रमाणपत्रसहित दाेसल्ला ओडाएर डा. केसी प्राकृतिक उपचार विधिबाट नशा च्यापिएकाे, हड्डी खिइएकाे, प्यारालाइसिस जस्ता समस्या निराकरण गरिने उपचार पद्धतिमा लामाे समयदेखि यस हस्पिटलमा कार्यरत छन् ।

सम्मानितपछि डा. केसीले अस्तालले गरेकाे मूल्यांकन र सम्मानले आफूमा थप जिम्मेवारीबाेध भएकाे र आगामी दिनमा उपचार सेवामा ज्ञान र निष्ठतामा कमी आउन नदिने प्रतिवद्धता व्यक्त गरिन् ।

साेल्टिमाेड नजिकै संचालन रहेकाे यस हस्पिटलमा फिजियाे थेरापी, मसाज, अकुपंचर, हाइड्राे थेरापी, व्यायम लगायत उपचार सेवा हस्पिटलमा उपलब्ध छ । सेवा लिन आएका बिरामीहरूले अस्पताल भरिभराउ छ ।

भर्ना राख्नुपर्ने बिरामीका लागि जनरल, डबल-सिंगल क्याबिन, डिलक्स र सुपर डिलक्स काेठाहरू समेत उपलब्ध छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी