राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तात्कालीन उपकुलपति संगीता भण्डारी लगायत विरुद्ध अख्तियारद्धारा भ्रष्टाचार मुद्धा दायर

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तात्कालीन उपकुलपति संगीता भण्डारी लगायत विरुद्ध अख्तियारद्धारा भ्रष्टाचार मुद्धा दायर

  • बिहिबार, माघ १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 23.1K
    SHARES

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका तत्कालीन उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

प्रतिष्ठानमा सिटी स्क्यान मेसिन खरिद गर्दा गुणस्तरहीन मेसिन ल्याई आर्थिक अनियमितता गरेको आरोपमा आयोगले बिहीबार मुद्दा दायर गरेको हो।
आयोगले उपकुलपति भण्डारीसहित तत्कालीन रजिष्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा। सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख, बायोमेडिकल इन्जिनियरहरू, खरिद शाखाका कर्मचारीहरू र मेसिन आपूर्तिकर्ता कम्पनी ुहिमालयन मेडिटेक प्रा।लि।ु का सञ्चालकसमेत गरी १९ जनालाई प्रतिवादी बनाएको छ।

प्रतिष्ठानले १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अघि बढाउँदा सार्वजनिक खरिद ऐन र नियमावलीको प्रतिकूल हुने गरी बदनियत राखेको आयोगको ठहर छ। प्रतिवादीहरूले आपसमा मिलेमतो गरी निश्चित कम्पनीलाई ठेक्का दिने उद्देश्यले ुस्पेसिफिकेसनु तयार पारेको र तोकिएको मापदण्ड पूरा नगरेको मेसिन आपूर्ति हुँदा पनि स्वीकार गरी भुक्तानी दिएको अनुसन्धानबाट खुलेको प्रवक्ता सुरेश न्यौपानेले बताए ।

आयोगले यस प्रकरणमा नेपाल सरकार र प्रतिष्ठानलाई ७ करोड ३१ लाख ८२ हजार ९ सय ८५ रुपैयाँ हानी नोक्सानी पुगेको निष्कर्ष निकालेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी