५ माघ, काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक मात्र निर्वाचन क्षेत्र रहेकाे रामेछापमा श्यामकुमार श्रेष्ठ (कुशल)लाई प्रतिनिभिसभा सदस्य निर्वाचनकाे उम्मेदवार बनाएकाे छ । ‘कुशल’ले टिकट पाएका छन् ।
पार्टीले उनलाई याे तेस्राे पटक टिकट दिएकाे हाे । यसअघि २०७० र २०७४ मा टिकट लिएर चुनाव जितेका थिए । श्रेष्ठ पार्टीका केन्द्रीय संयाेजक प्रचण्डका विश्वासपात्र हुन् । जिल्ला पार्टीले उनीसहित ६ जनाकाे नाम सिफारिस गरेकाे थियाे ।
अब उनकाे याेपटक प्रतिस्पर्धा कांग्रेसका रामचन्द्र खडका र एमालेका माधव ढुंगेलसँग हुनेछ । नेकपा रामेछापमा बलियाे शक्ति मानिन्छ । विघटित प्रतिनिधिसभा सदस्यमा नेकपासँगकाे गठबन्धनबाट कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम)ले जितेका थिए । यसपटक पनि तामाङले टिकट पाउने संभावना रहेकामा देउवा समुहमा लागेपछि उनले टिकट गुमाए ।
खडका पुराना नेता र ढुंगेल विद्यार्थी पृष्ठभूमिबाट आएका युवा नेता हुन् । कुशल जनयुद्धकालका माओवादी कार्यकर्ता हुन् ।