उम्मेदवारी दर्ताकाे मुखैमा देउवा समूहले राख्याे निर्वाचन स्थगनकाे माग

उम्मेदवारी दर्ताकाे मुखैमा देउवा समूहले राख्याे निर्वाचन स्थगनकाे माग

  • आइतवार, माघ ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

४ माघ, काठमाडाैं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा समूहले प्रतिनिधिसभाकाे आसन्न निर्वाचन स्थगन गर्न माग गरेकाे छ ।
देउवा नेतृत्वकाे नेपाली कांग्रेस पार्टी तत्कालिन महामन्त्री गगनकुमार थापाकाे पाेल्टामा गएपछि क्रुद्ध देउवा समूहले यस्ताे माग गरेकाे हाे ।

माग राख्दै समूहका केही नेता कार्यकर्ता केहिबेर अघिमात्र खम्बबहादुर खाती नेतृत्वमा निर्वाचन आयाेग पुगेकाे छ । साथै समूहकाे तर्फबाट पूर्णबहादुर खड्काले कांग्रेस देउवाकै नेतृत्वमा कायम हुनुपर्ने जिकिरसहित सर्वाेच्च अदालतमा रिट निवेदन दिँदैछन् । रिटमा समेत निर्वाचनकाे उम्मेदवार चयन र दर्ता राेक्नुपर्ने माग गरिएकाे छ ।

गत भदाै २३ र २४ मा भएकाे आन्दाेलनले तत्कालिन एमालेका केपी ओली नेतृत्वकाे सरकारलाई ववस्थापन गरेर गठित सुशिला कार्कीकाे नेतृत्वमा गठित गैरराजनीतिक अन्तरिम सरकारले आउँदाे फागुन २१ मा प्रतिनिधिसभाकाे निर्वाचन गराउँदै छ । त्यसनिम्ति आयाेगले पर्सि मंगलबार प्रत्यक्षतर्फका उम्मेदवारकाे मनाेनयन दर्ता गर्दैछ ।

यसरी मनाेनय दर्ताकाे मुखैमा आएर देउवा समूह निर्वाचन राेक्नुपर्ने गतिविधिमा लागेकाे छ । अन्य सबै दल भने ताेकिएकै समयमा निर्वाचन गराउनु पर्नेमा अडिग देखिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ