खुला आध्यात्मिक सत्सङ्ग तथा रक्तदान शिविर

खुला आध्यात्मिक सत्सङ्ग तथा रक्तदान शिविर

  • आइतवार, पुस २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 27.9K
    SHARES

काठमाडौँ, २७ पुसः सन्त निरङ्कारी मण्डल, नेपालको बृहत् खुला आध्यात्मिक सत्सङ्ग तथा रक्तदान शिविर सम्पन्न भएको छ । आज यहाँ विजय स्मारक माध्यात्मिक विद्यालय डिल्लीबजारको प्राङ्गणमा आयोजित कार्यक्रममा ६२ पिन्ट रगत सङ्कलन भएको र खुला सत्सङ्गमा करिब ५०० जनाको सहभागिता रहेको मण्डलले जनाएको छ ।

सत्सङ्ग कार्यक्रमका प्रमुख एवं मण्डलका केन्द्रीय कोषाध्यक्ष कृष्ण कन्हैया पाठकले समाजमा विभिन्न नाममा बढ्दै गएको अशान्ति र असन्तुष्टिको अवस्था अन्त्यका लागि आध्यात्मिक चिन्तन नै उपयुक्त विकल्प हुने बताउनुभयो । उहाँले आध्यात्मिक चेतनाले नै मानवता, सहअस्तित्व, समानता र भाइचाराको भावना विकास गरी विश्वबन्धुत्व हुने भन्दै हरेक मानिसले आध्यात्मिक ज्ञान लिन आवश्यक रहेकामा जोड दिनुभयो ।

मण्डलका केन्द्रीय उपाध्यक्ष एवं काठमाडौँ प्रमुख कृष्णबहादुर पन्तले विभिन्न जाति, सम्प्रदाय, भाषा र धर्मका नाममा समाज विभाजित रहेको भएको भन्दै त्यसविरुद्ध असल भावना विकासको आधार आध्यात्मिक मार्ग नै हुने धारणा राख्नुभयो ।

कार्यक्रममा मण्डलका केन्द्रीय सचिव अनिल महर्जन, क्षेत्रीय सञ्चालक बाबुराज महर्जन, निवर्तमान प्रतिनिधिसभा सदस्य रन्जु ठाकुर, नेपाल राष्ट्र बैङ्कका उपनिर्देशक भरत वड, डा बाबुराम भुल, कवि विजय विश्वकर्मालगायतले आफ्नो विचार तथा सृजना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुर, विभिन्न सङ्घ संस्थामा कार्यरत व्यक्ति तथा प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रम सञ्चालक ध्रुव अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल खुला विश्वविद्यालयबाट पहिलो पटक विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्ने व्यक्ति बाबुराम भुललाई मण्डलले सम्मानसमेत गरेको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी