नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

  • शनिबार, पुस १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 29.1K
    SHARES

जनकपुरधाम, १२ पुसः नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग जनकपुरद्वारा आज आयोजित ‘नसर्ने रोगको न्यूनीकरणका लागि खानेपानीमा सुधार’सम्बन्धी जनचेतनामूलक कार्यक्रममा करिब ७१ प्रतिशतमा नसर्ने रोग देखिने गरेको जानकारी दिइएको हो ।

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा विपिनकुमार झाद्वारा प्रस्तुत विवरण अनुसार नसर्ने रोगका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । अहिले सर्नेभन्दा बढी नसर्ने रोगका बिरामी बढ्दै गएका उहाँले बताउनुभयो ।

नसर्नेमा मुख्य गरी मुटु रोग, मधुमेह, क्यान्सर, तथा दीर्घ श्वासप्रश्वासका बिरामी रहेका डा झाले जानकारी दिनुभयो । उहाँले करिब ३० वर्ष अघि विश्व स्वास्थ्य सङ्गठनले नसर्ने रोगको समस्या जटिल हुने भएकाले त्यसबाट सचेत र सुरक्षित रहन आग्रह गरेको थियो ।

नसर्ने रोगको मुख्य कारण मिसावटयुक्त अखाद्य प्रदार्थको प्रयोग, प्रदूषित हावापानी तथा जथाभावी खानपिन, शारीरिक रूपमा निष्क्रिय दैनिकीलगायत रहेकाले त्यसबाट सुरक्षित रहन जीवनशैली र खानपिनको बानीमा सुधार ल्याउनुपर्नेमा डा झाले जोड दिनुभयो । मधेस प्रदेशमा पनि उक्त समस्या बढ्दै गएको उहाँको भनाइ छ ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले स्वास्थ्य समस्या समाधानका लागि सरकारी तथा गैरसकारी निकाय हातोमालो गरेर अगाडि बढनुपर्नेमा जोड दिँदै बजेट कटौतीले आफ्नो कार्यालयले गुणस्तरीय सेवा दिन नसकेको गुनासो गर्नुभयो ।

अहिले हृदयघात, मोटोपन, थाइराइड, महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सर, कलेजोको क्यान्सर, उच्च रक्तचापलगायत बिरामी अत्यधिक रहेकाले स्वास्थ्य सतर्कता अपनाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

आर्युवेद अस्पताल धनुषाका प्रमुख डा रुद्रनारायण ठाकुरले नसर्ने रोगको उपचार तथा नियन्त्रणका लागि आर्युवेद औषधिको प्रयोगसँगै योग र ध्यान प्रभावकारी बन्ने धारणा राख्नुभयो । आयुर्वेदमा जटिलभन्दा जटिल रोगको प्रभावकारी उपचार क्षमता विकास हुँदै गएको उहाँको भनाइ छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग जनकपुरका प्रमुख विमल दाहालले स्वस्थ जीवनका लागि स्वच्छ र गुणस्तरीय खानपिन आवश्यक रहेको उल्लेख गर्दै कार्यालयले खाद्य स्वच्छताका साथै न्यूनगुणस्तरीय खाद्यान्न उत्पादन तथा बिक्रीवितरण रोक्न नियमित अनुगमन तथा त्यस्ता वस्तुको प्रयोशालामा परीक्षण गरिरहेको जानकारी दिनुभयो ।

जनकपपुरधाम उपमहागनरपालिकाअन्तर्गत विभिन्न वडाका महिला, समाजसेवी तथा विभिन्न कार्यालयका प्रमुखको सहभागिता रहेको उक्त कार्यक्रम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रमुख दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी