नेपाल मेडिकल कलेजका नर्सहरूलाई स्टोमा केयर सम्बन्धी प्रशिक्षण

नेपाल मेडिकल कलेजका नर्सहरूलाई स्टोमा केयर सम्बन्धी प्रशिक्षण

  • सोमवार, मंसिर १, २०८२
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाडाैं । नेपाल मेडिकल कलेजका नर्सहरूलाई स्टोमा केयर सम्बन्धी प्रशिक्षण दिइएकाे छ । कलेजले नर्सहरूकाे सीप र क्षमता विकास गर्नका लागि  स्टोमा केयरसम्बन्धी निरन्तर नर्सिङ शिक्षा अनुसार प्रशिक्षण दिएकाे हाे ।
प्रशिक्षणमा कलेजका अस्पताल निर्देशक प्रा. डा. निलमणि उपाध्याय, जीआई सर्जन प्रा. डा. नबिन पोखरेल, युराे सर्जन प्रा. डा. कृष्ण काजी भूमि, एशाेसिएट प्राेफेसर डा. प्रकाश पौडेल, एमसिएच जीआई सर्जन डा. गोनीश होडा तथा नर्सिङ मेट्राेन नबिना सिंहले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा नर्सहरूलाई जीआई सर्जरी, युरोलोजी तथा नर्सिङ विभागका विशेषज्ञहरूले स्टोमा व्यवस्थापनका सिद्धान्त र उत्कृष्ट अभ्यास सम्बन्धी विस्तृत मार्गदर्शन प्रदान गरेका थिए । प्रशिक्षणमा स्टोमाका प्रकारहरू तथा तिनका सूचकहरू, अपरेसनको अघि र पछि गर्ने स्टोमा मूल्याङ्कन, स्टोमा साइट मार्किङ तथा छाला हेरचाहका आधारभूत सिद्धान्त, स्टोमा एप्लायन्स चयन, फिटिङ तथा समस्या समाधान, सामान्य जटिलता तथा तिनको व्यवस्थापन, बिरामीलाई परामर्श तथा दीर्घकालीन फलो–अप, स्टोमा केयरमा बहुविषयक दृष्टिकोण विषयहरू समावेश गरिएकाे थियाे । साेक्रममा प्रत्येक विषयलाई केस–आधारित छलफल र शल्य–अभ्यासका वास्तविक उदाहरणसहित प्रस्तुत गरिएको थियो, जसले सहभागीहरूलाई सिद्धान्तीय ज्ञानलाई व्यवहारिक अवस्थामा सहज रूपमा जोड्न मद्दत पुर्‍याएकाे थियाे ।


ह्यान्ड्स–अन प्रशिक्षणले नर्सहरूको क्लिनिकल दक्षता र आत्मविश्वास बढाउने विस्वास लिइएकाे छ । प्रशिक्षणमा एप्लायन्स सही तरिकाले लगाउने र खोल्ने विधिको प्रदर्शन, स्टोमा मोडेलहरू तथा सिमुलेशन म्यानिकिनमा अभ्यास, छाला ड्यामेज/एक्सकोरिएसन रोकथाम तथा सरसफाइका प्रविधि, जटिल स्टोमा केसहरूको व्यवस्थापन अभ्यास, आपतकालीन स्टोमा केयरको चरण–दर–चरण प्रदर्शन गरिएकाे थियाे ।

प्रशिक्षणले नयाँ नर्सहरूलाई आधारभूत व्यावहारिक सीप हासिल गर्न मद्दत गरेको मात्र होइन, अनुभवी प्रशिक्षकहरूले उन्नत प्रविधि साझा गर्न अनुकूल वातावरण पनि बनाएको प्रशिक्षणमा सहभागीहरूले बताएका छन् । कलेजमा कार्यरत नर्स तथा कर्मचारीहरूलाई समयसमयमा क्लिनिकल्ली तालिम, प्रशिक्षणहरू दिँदै आइरहेकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी