स्वास्थ्य मन्त्रालयद्वारा कर्मचारीलाई तोकिएका आचरण पालना गर्न निर्देशन

स्वास्थ्य मन्त्रालयद्वारा कर्मचारीलाई तोकिएका आचरण पालना गर्न निर्देशन

  • आइतवार, कार्तिक ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, ३० कात्तिकः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारीलाई तोकिएका आचारण पालना गर्न निर्देश गरेको छ ।

मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसीले आज सूचना जारी गर्दै कर्मचारीलाई आफ्नो आचारण र कर्तव्य पालना गर्न निर्देशन गरिएको जानकारी दिनुभएको हो । उहाँले मन्त्रालयअन्तर्गतका विभाग, प्रतिष्ठान, अस्पताल, स्वास्थ्य संस्था र कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले कानुनले निर्धारण गरेको आचारसम्बन्धी व्यवस्था पूर्ण कार्यान्वयन नगरेको गुनासो आएकाले स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५२ देखि ६८ मा भएका आचारणसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न आग्रह गरिएको बताउनुभयो ।

समय पालना र नियमितता, अनुशासन, राजनीतिक प्रभाव पार्न नहुने, राजनीतिमा भाग लिन नहुने, सरकारको आलोचना गर्न नहुनेलगायतका आचारण पालन गर्न भनिएको हो ।

यस्तै, सेवा ऐनमा कम्पनीको स्थापना र सञ्चालन, व्यापार–व्यवसाय तथा निजी रूपमा अभ्यास गर्न नहुने, राजनीतिक पदका लागि निर्वाचनमा भाग लिन नपाइने, हडताल र प्रदर्शनी गर्न नपाइनेलगायत आचारण पालना गर्नसमेत भनिएको छ ।

मन्त्रालयले कुनै पनि राष्ट्रसेवक कर्मचारीले कानुनले निर्धारण गरेको अनुशासन र पेसागत आचारण पालना गर्दै आफ्नो जिम्मेवारी निष्ठताका साथ सम्पादन गर्न पनि आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी