‘थानकोटमा करिव एक अर्बमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल निर्माण गर्न ‘ग्लोबल टेण्डर’ प्रक्रिया अगाडि बढ्यो’

‘थानकोटमा करिव एक अर्बमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल निर्माण गर्न ‘ग्लोबल टेण्डर’ प्रक्रिया अगाडि बढ्यो’

  • शनिबार, कार्तिक २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, २२ कात्तिक : चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र यहाँस्थित जमर्न राजदूत उडो युगेन भोल्जबीच शुक्रबार भेटवार्ता भएको छ ।

सो अवसरमा उहाँहरुका बीचमा जर्मन विकास बैँक (केएफडब्लू)को करिव एक अर्ब रुपैँया बराबरको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि –४ थानकोटमा बन्न लागेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पतालका सन्दर्भमा छलफल भएको थियो ।

सो अवसरमा नगरप्रमुख गिरीले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल भवन बनाउन आफूले निरन्तर पहलकदमी, सहजीकरण र समन्वय गर्दै आएको जानकारी दिनुहुँदै अगामी दिनमा पनि यस्तो कार्य निरन्तर रहने जानकारी दिनुभएको थियो ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीको ‘स्याटेलाइट’ अस्पतालका रुपमा थानकोटमा २५ शथ्याको अस्पताल बन्न लागेको हो । यसका लागि केएफडब्लूले प्रारम्भिक खाका स्वीकृत गर्दै ‘ग्लोबल टेण्डर’का चरणमा पुगेको जनाइएको छ । केएफडब्लूले अस्पतालका लागि करिव एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको छ ।

प्राथमिक अस्पताल थानकोट परिसरमा सो विशेषज्ञ अस्पताल भवन बनाउन मन्त्रिपरिषद्ले २३ रोपनी जग्गा नगरपालिकालाई स्वीकृत गरिसकेको छ । नगरपालिकाको सहजीकरण, समन्वय र सहकार्यमा नेपाल सरकार,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केएफडब्लूले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर ) तयार पारेका थिए ।

गत जेठको पहिलो साता अस्पतालको विस्तृत खाका सहित ‘ग्लोबल टेण्डर’ प्रक्रिया अगाडि बढाउन आवश्यक प्रतिवेदन तयार गर्न स्थलगत अध्ययन गर्न केएफडब्लूको केन्द्रिय कार्यालयबाट मिसेल स्वीपर, प्राडा योर्कको सहित उच्चस्तरीय टोली नेपाल आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी