गुमेको ज्योति फर्किएपछि खुसी छन् रामेछापवासी

गुमेको ज्योति फर्किएपछि खुसी छन् रामेछापवासी

  • आइतवार, भदौ १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

मन्थली (रामेछाप), १५ भदौः यहाँका ज्योति गुमेका एक सयभन्दा बढीलाई निःशुल्क आँखा शिविरमार्फत ज्योति फर्काइएपछि उनीहरू अत्यन्तै खुसी भएका छन् । मन्थलीस्थित तामाकोशी सहकारी अस्पातालमा शुक्रबार र शनिबार दुई दिन सम्पन्न निःशुल्क आँखा शिविरमा एक सय १३ जनाको मोतियाविन्दुको शल्यक्रिया मार्फत् यहाँका आँखाका रोगी गुमेको ज्योति फर्काएको थियो । गाउँमै निःशुल्क शिविर सञ्चालन भएपछि समय र पैसाको खर्च गरेर धेरै टाढासम्म जानुपर्ने बाध्यता हटेको, अफ्नो गुमेको ज्योति फर्किएको भन्दै रामेछाप नगरपलिका–८ का केदारनाथ घिमिरेले खुसी व्यक्त गर्नुभयो ।

घिमिरेमात्र होइन, अर्की सेवाग्राही सोनमाया घिसिङ पनि आफ्नो गुमेको ज्योति फिर्ता हुने र दुवै आँखा राम्रोसँग देखिने भएपछि असाध्यै खुसी हुँदै उहाँले भन्नुभयो, “जिल्ला सदरमुकाममा आएको आँखा शिविरमा आफूले आँखाको शल्यक्रिया गर्न पाएँ, लामो समयदेखि धमिलो हुने आँखा नदेख्ने समस्या यस शिविरले समाधान गरिदिएपछि आफूहरूलाई निकै सहज भएको छ ।”

त्यसैगरी रामेछाप नगरपालिका ओख्रेनीका पूर्ण तामाङ र खाँडादेवी गाउँपालिकास्थित पिङ्खुरीकी मैया तामाङ पनि यो शिविरले आफूहरूलाई निकै सजिलो बनाएको बताउनुहुन्छ ।

जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली, खाँडादेवी गाउँपालिका माकादुम र सामुदायिक विकास समाज मन्थलीको आयोजना तथा सहकार्यमा वरिष्ठ नेत्ररोग विशेषज्ञ सुष्मा दुवालका नेतृत्वमा रहेको ११ जनाको टोलीले शनिबार शिविर सम्पन्न गरेको केन्द्रका प्रमुख उमेश तामाङले राससलाई बताउनुभयो ।

शिविरमा एक सय ११ जनाको मोतियाविन्दु र तीन जनाको ‘माइनर अप्रेशन’ सहित एक सय १३ जनाको आँखाको शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीका आँखा स्वस्थ्य कार्यकर्ता पुष्कल घिमिरेले बताउनुभयो । सरकारी अस्पतालमा स्वास्थ्य सेवा निःशुल्क भनिए पनि गुणस्तरीय उपचार र औषधि वितरण व्यवहारमा लागू भएको पाइन्न ।

निजी तथा गैरसरकारी अस्पतालहरूले जिल्ला सदरमुकाममा वार्षिक रूपमा यस्ता शिविर सञ्चालन गर्दै आइरहेको भए पनि सरकारी निकायले यस्ता रोगप्रति खासै चासो दिएका छैनन् । जिल्ला अस्पताल, विभिन्न पालिका अस्पतालमा पनि योसहित अन्य विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनसके अझै यहाँका बिरामी काठमाणडाँै वा विभिन्न सहरका अस्पतालहरूमा धाइरहनुपर्ने थिएन ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी