पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु

पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु

बिरगञ्जमा हैजा प्रकोप : इमरजेंसी र वार्ड भरिए, स्वास्थ्य संस्थामा चाप

  • शनिबार, भदौ ७, २०८२
  • दीपक चौरासीया

  • 5.4K
    SHARES

वीरगञ्ज (पर्सा), ७ भदौः पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको मृत्यु भएको छ ।

नारायणी अस्पताल, वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले उपचारको क्रममा झाडापखालाको लक्षण देखापरेका एक जना बिरामीको आज मृत्यु भएको जानकारी दिनुभएको छ । उहाँले बिरामीको हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको बताउनुभयो ।

यस्तै, वीरगञ्ज हेल्थ केयरमा उपचाररत अर्का एक बिरामीको शुक्रबार मृत्यु भएको बताइएको छ । स्वास्थ्य कार्यालयले झाडापखालाका कारण मृत्यु भए पनि हैजा थियो वा थिएन भन्नेबारे जाँच भइनसकेको जनाएको छ ।

‘डेडिकेटेड बेड’ छुट्याई उपचार गरिने

जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिले हैजा र झाडापखालाका बिरामीलाई यहाँका सबै अस्पतालमा ‘डेडिकेटेड बेड’ छुट्याएर उपचार गर्न निर्देशन दिएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले हैजाको सङ्क्रमण बढेको अवस्थामा उपचारका लागि पर्याप्त रूपमा ‘डेडिकेटेड बेड’ छुट्याई उपचार गर्न र जनशक्ति व्यवस्थापन गर्न सबै अस्पताललाई निर्देशन दिएको हो ।

बैठकले झाडापखाला रोकथामका लागि सबै सरोकार भएका निकायको समन्वयमा जनचेतनामूलक घरदैलो कार्यक्रम सुुरु गर्ने निर्णय गरेको निमित्त प्रजिअ कार्कीले जानकारी दिनुभयो ।

यस्तै, सरसफाई प्रवर्द्धनका लागि स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकासहित सरोकारवाला निकायलाई प्रभावकारी परिचालन गर्न वीरगञ्ज महानगरपालिकालाई अनुरोध गरेको पनि उहाँले बताउनुभयो ।

झाडापखाला, हैजाका लागि जिम्मेवार मानिएको भिब्रिओ कोलेरा जीवाणु रोकथामका लागि सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, पेसागत सङ्घसंस्था, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्थालगायतको समन्वयमा आवश्यक सामग्रीको व्यवस्थापन गरी जागरण अभियानसमेत सञ्चालन गरिने जनाइएको छ ।

बिरगञ्जमा हैजा प्रकोप : इमरजेंसी र वार्ड भरिए, स्वास्थ्य संस्थामा चाप

वीरगञ्जमा हैजा प्रकोप फैलिँदै जाँदा स्थानीय अस्पताल र स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढेको छ। इमरजेंसी र वार्डहरू भरिँदा स्वास्थ्यकर्मीहरूलाई उपचारमा कठिनाइ भएको छ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुमनचन्द्र ठाकुरका अनुसार, हाल नारायणी अस्पतालमा १३ जना, तराई हस्पिटलमा १२ जना, नेशनल मेडिकल कलेजमा ५ जना, अलि अर्थो सेन्टरमा ४ जना र भवानी हस्पिटलमा २ जना हैजाका बिरामी उपचाररत छन्।

अचानक बढेको संक्रमणका कारण अस्पतालमा आवश्यक बेड, सलाइन र स्वास्थ्यकर्मीहरूको अभाव देखिएको छ। संक्रमितमध्ये अधिकांशमा अत्यधिक पखाला, बान्ता र शरीरमा पानीको कमी देखिएको चिकित्सकहरूले जनाएका छन्।

स्वास्थ्य शाखाले हैजा नियन्त्रणका लागि महानगरका विभिन्न वडामा सचेतनामूलक कार्यक्रम, पानी शुद्धिकरणको पहल र संक्रामक रोग नियन्त्रण टोली परिचालन गरेको छ। तर, लगातार बढ्दो बिरामीका कारण स्वास्थ्य प्रणालीमा थप दबाब परेको जनाइएको छ।

विशेषज्ञहरूले दूषित पानी र फोहोर व्यवस्थापनको कमजोरीलाई हैजा फैलनुको मुख्य कारण बताउँदै सुरक्षित खानेपानी र सरसफाइमा ध्यान दिन स्थानीयलाई आग्रह गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी