असार २३ काठमाण्डौँ । नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको छ।
उपचारमा लापरबही गर्ने चिकित्सक र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि रुष्ट भएका चिकित्सकहरू केही समयदेखि आन्दोलनमा छन्।
नेपाल चिकित्सक संघको आह्ववानमा आज चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन्। चिकित्सकले सेवा बहिष्कार गर्दा बिरामी मर्कामा परेका छन्।
नेपाल चिकित्सक संघका महासचिव डा।सन्जिव तिवारीलाई अदालतको अवहेलना गरेको भन्दै पाटन उच्च अदालतले सातदिन भित्र अदालतमा उपस्थित हुन भनेपछि चिकित्सकहरुले आन्दोलन सुरु गरेका हुन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline