अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा महावाणिज्यदूतबासले बीरगंज लगायत ६ सहरमा योग शिविर संचालन गर्ने

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा महावाणिज्यदूतबासले बीरगंज लगायत ६ सहरमा योग शिविर संचालन गर्ने

  • सोमवार, असार २, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

बिरगंज । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय महावाणिज्यदूताबास बीरगंजले चितवन ,हेटौंडा ,रौतहट ,धनुषाधाम,बारा र बीरगंजको शंकरआर्चाय गेट नजिकै भब्य रुपमा मनाउन लागेको छ ।

महावाणिज्यदूताबास बीरगंजका देवी साहयक मिनाले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ । देवी साहयक मिनाले पत्रकार सम्मेलनमा बोल्दै अहिले संयुक्तराष्ट्र संघले ११ डिसेम्बर २०१४ जुन २१ लाई विश्वभर अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन घोषण गरे अनुसार हामीले नेपालमा विभिन्न संघसंस्थाको समन्वय र सहकार्यमा योग दिवस मनाउन लागेको मिनले बताएका छन् ।

उनले भने अहिले नेपाल सहित १७७ देशको समर्थनमा संयुक्तराष्ट्र संघको ६९ अौ महासभामा प्रस्ताव प्रस्तुत गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योग गर्नाले मन शरिर बिचार संगै स्वास्थ्य रहन सक्ने भएकोले जलवायु परिवर्तन संग लड्न सक्ने क्षमता आउने भएकोले योग अहिले विश्वभर एकैपटक हुन लागेको र सबैलाई जागरूकता ल्याउन अति आवश्यकता रहेको मिनाले सो पत्रकार सम्मेलनमा बताएका हुन ।

उनले भने अहिलेसम्म अन्तर्राष्ट्रिय योग दिवसको १० संस्कार सफलता पुर्वक मनाइसकेको बताए । हाल ११ अौ अन्तर्राष्ट्रिय योग दिवसको मुख्य नारा नै ( एक पृथ्वी एक स्वास्थ्यको लागि योग) साथ मनाउन लागेको उक्त पत्रकार सम्मेलनमा महावाणिज्यदूतबासका मिनले बताएका छन् ।योग गर्नले ब्यक्ति स्वास्थ्य रहने र उसको जीवनशैलीमा परिवर्तन आउने जसले परम्परागत सिद्धान्तमा एक रुपता बनाउने भएकोले यो अभियान आज विश्वभर मनाउन लागेकोले सबै जना हातेमालो भएर लाग्नुपर्ने बताएका छन् ।

यो अन्तर्राष्ट्रिय दिवसमा महावाणिज्यदूतबास बीरगंजले आगामी १६ जुन उधोग वाणिज्य संघको नारायणी नदि किनारमा विहान ५:३० बजे १७ जुन हेटौंडाको रोयल पार्टी प्यालेसमा ५:३० बजे १८ जुन रौतहट जिल्लाको सरस्वती उच्च माध्यमिक बिधालय पिपरा भलोहियाको दुर्गा भगवती गाउँपालिकामा ५:३० धनुषा जिल्ला ५:३० बारा जिल्लाको गढीमाई मन्दिर विवाहमंडप परिसर ५:३० बजे र अन्तमा पर्सा जिल्लाको बीरगंज स्थित शंकरआचार्य गेटमा बिहान ५:३० बजे हुने भएकोले सबैलाई उपस्थित हुन अपिल समेत गरेको छ।

कार्यक्रम स्थलमा उपस्थित हुने सबैलाई निशुल्क खुल्ला ब्यवस्था मिलाइएको समेत सो पत्रकार सम्मेलनमा महावाणिज्यदूतबासका मिनाले बताएका छन् ।पत्रकारमा महावाणिज्यदूतबासका अजय जैन,महावाणिज्यदूतबासका मनिष कुमार दास लगायतको उपस्थित रहेको थियो ।
Dipak

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी