फेसबुकमा अलबिदा लेखेर सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठलाई प्रहरीलाई खोजिरहेको छ। सोमबार बिहान फेसबुकमा लामो स्टाटससहित अलबिदा लेखेर सम्पर्कविहीन भएका थिए। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकमा लेखिएको स्टाटसबारे थाहा पाएपछि प्रहरीले तत्कालै डा. श्रेष्ठलाई सम्पर्क गर्ने प्रयास गरेको थियो।
उनको खोजीका लागि काठमाडौंमा रहेका प्रहरीका विभिन्न युनिटहरू परिचालन गरिएको छ।
ुजिल्ला प्रहरी परिसर, उपत्यका अपराध अनुसन्धान कार्यालय, साइबर ब्युरो लगायत सबै युनिटहरूमा प्रहरीले खोजीका लागि सर्कुलर गरेको छ ।
साइबर ब्युरोले लोकेशन पत्ता लगाएपछि चाबहिल क्षेत्रमा विभिन्न प्रहरीले युनिटहरू परिचालन भएका छन्।
उनले जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गर्दा स्पष्टीकरण सोधेको डाक्टरहरूलाई प्रयोग गरी झुटो आरोप लगाएर सरूवा गराएको लगायतका विभिन्न आरोप लगाएका छन्।