सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढ्यो, परीक्षणमा किट अभाव

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढ्यो, परीक्षणमा किट अभाव

  • शनिबार, जेष्ठ २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

जेष्ठ २४, धनगढी । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढिरहदा परिक्षणका लागि आवश्यक पर्ने किटको भने अभाव देखिएको छ । भारतबाट स्वदेश फर्किएकाहरुमा चार दिनको अवधिमा १३ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यसमा पनि पर्याप्त संख्यामा परीक्षण नै हुन सकेको छैन ।

कैलालीको गौरिफन्टा सीमा नाकामा शनिबार तीन जना र बैतडीको झुलाघाट नाकाबाट आएका एक जनामा संक्रमण देखिएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र सुदूरपश्चिमले जनाएको छ ।

केन्द्रका महामारी नियन्त्रण स्रोत व्यक्ति हेमराज जोशीका अनुसार शनिबार गौरिफन्टा नाकाबाट आएका २७ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको हो भने झुलाघाट नाकामा गरिएको एक जनाको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

दैनिकजसो कोरोना संक्रमण पुष्टि भइरहेको भए पनि आवश्यक परिमाणमा परीक्षण किट नभएर समस्या भइरहेको केन्द्रले जनाएको छ । शुक्रबार काठमाडौंबाट दुई सय किट आएको भएपनि जोगाएर परीक्षण गर्नु परेको जोशीले बताए ।

शनिबार सुदूरपश्चिमका गड्डाचौकी कञ्चनपुर, झुलाघाट बैतडी, गौरीफन्टा र खकरुला सीमा नाका कैलाली, पुलघाट र जोलजीवी सीमानाका दार्चुलाबाट गरी भारतबाट एक हजार ११६ जना स्वदेश भित्रिएका छन् । किट अभावकै कारण गौरिफन्टा र झुलाघाट गरी २८ जनाको मात्र परीक्षण गरिएको केन्द्रले जनाएको छ ।

संक्रमण पुष्टि भएकाहरुलाई सम्बन्धित स्थानीय तहमा सम्पर्क गरेर होम आइसोलेसनमा पठाउने गरिएको जोशीले बताए । संक्रमण बढ्दो क्रममा देखिएपछि सीमा नाकामा निगरानी बढाइएको र आवश्यक सतर्कताका लागि सबै स्थानीय तहका स्वास्थ्य शाखालाई पत्राचार गरिएको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी