यस वर्षको ‘स्वास्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थय पुरस्कार’बाट सात जना सम्मानित

यस वर्षको ‘स्वास्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थय पुरस्कार’बाट सात जना सम्मानित

  • शनिबार, जेष्ठ १७, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौं, १७ जेठ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्ने यस वर्षको ‘स्वास्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थय पुरस्कार’बाट सात जनाई सम्मान गरिएको छ । सुर्तीजन्य पदार्थको उपभोग न्यूनीकरणमा बिभिन्न क्षेत्रबाट योगदान गर्दै आएका ६ जनालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुरस्कार प्रदान गर्दै आइरहेको थियो ।

तर यसपटक सात जनालाई पुरस्कार प्रदान गरिएको हो । शनिबार विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा विशेष समारोह गरी जनही रु.५० हजार र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अवार्ड प्रदान गरेका हुन्।

पुरस्कृत हुनेहरूमा डा. तारासिंह बम (भाइटल स्ट्राटेजी), कल्पना आचार्य (हेल्थ टिभी अनलाइन), रामप्रसाद न्यौपाने (नेपाली हेल्थ) बुद्धि कट्टेल (मेडिकल पत्र) र पुष्प राज चौलागाईँ (अनलाइन खबर) रहनुभएको छ । त्यस्तै रुद्रलाल कडरिया (क्यान्सर परिषद् नेपाल) र लक्ष्मीनारायण देव रहनुभएको छ ।

सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्युनीकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उहाँहरूलाई पुरस्कृत गरिएको हो ।

पुरस्कारका लागि यस क्षेत्रमा कार्य गरिरहनुभएका २८ जनाले आवेदन दिनुभएको बताइएको छ ।

यसैगरी मन्त्रालयले विश्व सुर्तीजन्य पदार्थरहित दिवस २०२५ का अवसरमा आयोजना गरिएको सन्देशमूलक भिडियो प्रतियोगितामा चार भिडियो उत्पादकलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा कान्तिपुर डेन्टल कलेजको समूहले तयार पारेको ‘युथ अनगेन्स्ट टब्याको’ शीर्षकको भिडियोले प्रथम स्थान हासिल गर्यो त्यस्तै युनिभर्सल कलेज अफ मेडिकल साइन्स, भैरहवाको टोलीले तयार पारेको भिडियो दोस्रो तथा भिमाद प्राथमिक स्वास्थ्य केन्द्रले तयार पारेको ‘विश्व धूम्रपान दिवस’ शीर्षकको भिडियो तेस्रो भएको थियो ।

सान्त्वनाका रूपमा एनिमेसनमार्फत् बनाइएको भिडियो सन्देशलाई पुरस्कृत गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी