आज नेप्से सूचक सामान्य अंकले सकारात्मक भएको छ । पछिल्लो चार कारोबार दिनदेखि निरन्तर घटिरहेको बजार आज सामान्य बढेको हो ।
आज नेप्से परिसूचक १.०३ अंकले बढेर २६११.४३ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.०३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०६ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१० अंकले बढेको छ ।
नेप्से सम्हालिने प्रयास गर्दै गर्दा सोमबारको तुलनामा कारोबार रकम पनि बढेको छ । दिन २४६ कम्पनीको दुई करोड ५ लाख ४२ हजार ७६४ कित्ता शेयर ८ अर्ब ७४ करोड ७६ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । सोमबार ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो ।
कारोबार रकमका आधारमा यस दिन सानिमा माई हाईड्रो पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ९२ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उप समूह सर्वाधिक बढेको छ । यस समूह २.०३ प्रतिशतले बढेको छ भने हाईड्रोपावर समूहको सूचक १।४० प्रतिशतले बढेको हो । निर्जीवन बीमा, जीवन बीमा र उत्पादन तथा प्रशोधन समूहको सूचक सामान्य अंकले सकारात्मक भएको छ । त्यसैगरी, यसदिन फाइनान्स र अन्य १ प्रतिशत भन्दा बढीले घटेको छ । साथै, होटल, बैंकिङ, विकास बैंक, लगानी, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको छ।