आज डलरको कारोबार भाउ स्थिर, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?

आज डलरको कारोबार भाउ स्थिर, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • सोमवार, चैत्र ११, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ, चैत्र ११ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको कारोबार भाउ स्थिर रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम गरिएको छ । यसअघि आइतबार पनि यसको सोही मूल्यमा खरिदबिक्री भएको थियो ।

आज यूरोपियन युरो एकको खरिदमूल्य १४८ रूपैयाँ ४५ पैसा र बिक्रीमूल्य १४९ रूपैयाँ १० पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा युरोभाउ ३५ पैसाले घटेको छ । आइतबार यसको खरिदमूल्य १४८ रूपैयाँ ८० पैसा र बिक्रीमूल्य १४९ रूपैयाँ ४५ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७७ रूपैयाँ ३३ पैसा र बिक्रीदर १७८ रूपैयाँ ११ कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४५ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ ६५ पैसा र बिक्रीमा ९६ रूपैयाँ ०७ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १९ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ २३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ९३ पैसा तथा बिक्री दर १९ रूपैयाँ ०२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ १९ पैसा तथा बिक्री दर ९ रुपैयाँ २३ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ६५ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ८२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ७५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३१ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रूपैयाँ १८ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४५ रूपैयाँ २९ पैसा र बिक्रीदर ४४७ रूपैयाँ २३ पैसा र बहराइन दिनार एकको खरिददर ३६४ रूपैयाँ १२ पैसा र बिक्रीदर ३६५ रूपैयाँ ७१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी