स्वास्थ्य बीमाको प्याकेज पुनरावलोकन गर्छौंः डा. काफ्ले

स्वास्थ्य बीमाको प्याकेज पुनरावलोकन गर्छौंः डा. काफ्ले

  • शुक्रबार, चैत्र १, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

चैत १, काठमाडौँ । स्वास्थ्य बिमा बोर्डका नवनियुक्त कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले स्वास्थ्य बीमाको प्याकेज पुनरावलोकन गर्ने पनि बताएका छन् ।

शुक्रबार स्वास्थ्य बीमा बोर्डको कार्यालयमा पदभार ग्रहण गर्दै कार्यकारी निर्देशक काफ्लेले आफ्नो कार्यकालमा वित्तीय दीगोपना स्थापित गर्न आफूले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे । उनले आफ्नो कार्यकालमा सर्वव्यापी स्वास्थ्य सहभागिता सुनिश्चित गर्ने बताउँदै सेवा प्रवाहमा देखिएका समस्याहरु बोर्डले नीतिगत निर्णय गरेर समाधान गर्ने बताएका छन् ।

उनले सात सय ५३ वटै पालिकाबाट विस्तारित स्वास्थ्य बीमाबाट लाखौँ सर्वसाधारण लाभान्वित भएको बताउँदै सकारात्मक उपलब्धिहरुको बीचमा केही अप्ठ्याराहरु रहेको बताएका छन् । उनले भने,’अप्ठ्यारा सम्बोधन गर्नका लागि थुप्रै उपायहरु हामी प्रस्तुत गर्ने छौँ । बीमा बोर्डको नेतृत्वसँग बसेर नीतिगत निर्णयहरु गर्नेछौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्य गर्नेछौँ, नेपाल सरकारसँग सहकार्य गर्नेछौँ ।’

उनले यस्ता समस्याहरुको रातारात समाधान गर्ने भन्दा पनि निश्चित समयभित्र यो समस्याको सम्बोधन हुने बताए । उनले सेवा प्रदायकलाई आश्वास्त पारेर स्वास्थ्य बीमालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संस्थागत रुपमा अगाडि बढाउने पनि बताए ।

स्वास्थ्य बिमा बोर्डका अनुसार हाल बोर्डको कोषमा ३ अर्ब ७० करोड रुपैयाँ छ । बोर्डको तथ्यांकअनुसार २०७२ मा बोर्ड स्थापना भएदेखि २०७९र८० सम्म प्रिमियरबाट ११ अर्ब ६२ करोड ७७ लाख १० हजार रुपैयाँ संकलन भएको छ । तर यही अवधिसम्म खर्च ४० अर्ब ७ करोड ३६ लाख २३ हजार रुपैयाँ भइसकेको छ । बोर्ड प्रत्येक वर्ष घाटामा सञ्चालन भइरहेको छ । बिमामा ४८ निजीसहित ४ सय ८४ वटा स्वास्थ्य संस्था आबद्ध छन् । मुलुकभर ९९ लाख २३ हजार बिमित छन् । बोर्डमा दैनिक २५ देखि ३० हजार बिमितको करिब ३ करोड दाबी आउने गरेको छ ।

२०७८ को जनगणनाअनुसार मुलुकको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ । बिमा कार्यक्रम सुरु भएको ९ वर्षमा जनसंख्याका आधारमा बिमित संख्या ३४ प्रतिशत मात्र हो । पछिल्ला वर्षमा नयाँ बिमितको संख्या उल्लेखनीय मात्रामा बढ्न सकेको छैन । नवीकरण गर्ने पनि बर्सेनि घट्दै गएका छन् । बिमितिको नवीकरण २०७७र७८ सम्म ७५ प्रतिशत देखिएको थियो । २०७८र७९ मा ६४ प्रतिशतमा झरेको थियो । अझै घटेर २०७९र८० मा ५९ प्रतिशतमा झरेको थियो । बोर्डले २०८०र८१ को तथ्यांक भने सार्वजनिक गरेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी