प्रतापपुर गाउँपालिका सहित जिल्लाका १६ हजार भन्दा बढि किशोरीहरुलाई (एचपिभी) खोप लगाइदै

प्रतापपुर गाउँपालिका सहित जिल्लाका १६ हजार भन्दा बढि किशोरीहरुलाई (एचपिभी) खोप लगाइदै

  • मङ्लबार, माघ १५, २०८१
  • रबिन्द्र यादव

  • 5.7K
    SHARES

पश्चिम नवलपरासी १४ माघ । पश्चिम नवलपरासी जिल्लाका १६ हजार दुई सय ९३ जना छात्रा तथा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ ।

जनस्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले यही माघ २२ देखि २८ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत पश्चिम नवलपरासीका १० देखि १४ वर्ष उमेर समूहका विद्यालय छात्रा तथा किशारीहरुको पहिचान गरी एचपिभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिए ।
जिल्लाका २ सय विद्यालयमा खोप केन्द्र संञ्चालन गरेर विद्यालय भित्रका १५ हजार ६६९ जना र विद्यालय नजाने ६ सय २४ गरी १६ हजार २ सय ९३ जन किशोरीलाई खोप लगाईने छ ।

प्रतापपुर गाउँपालिकाका विद्यालयहरुमा सञ्चालन हुने खोप कार्यक्रमको तयारी सम्बन्धि अभिमुखीकरण कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मन्तोष मुरावले खोप सञ्चालनको बारेमा जानकारी गराएका हुन। प्रतापपुर गाउँपालिकाका प्रमुख उमेशचन्द यादवको अध्यक्षयता संचालित एक दिने खोप सम्बन्धि अभिमुखी कार्यक्रममा उनले सम्बन्धि विद्यालयमै खोप केन्द्र रहनेगरि २२ माघ देखि २८ माघसम्म क्यान्सर विरुद्धको खोप लगाइने बताए।

पश्चिम नवलपरासीका तीन नगरपालिका सहित चार गाउँपालिकामा माघ २२ देखि २८ गतेसम्म खोप कार्यक्रम तयार गरिएको जन स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख ढकालले बताए । जिल्लामा सबैभन्दा बढी सुनवल नगरपालिका ३७ विद्यालय केन्द्रित कक्षा ६ देखि १० सम्मका ३३ सय १७ जना विद्यार्थी छात्रा तथा किशोरीलाई पाठेघर मुखको क्यान्सर विरुद्धको खोप लगाइने छ ।

त्यसैगरी माघ २२ देखि २८ गतेसम्म बर्दघाट नगरपालिका ४१ विद्यालय केन्द्रित खोप केन्द्रमा ३ हजार ३९ जना, रामग्राम नगरपालिका ४० विद्यालय केन्द्रीत खोप केन्द्रमा २ हजार ४ सय ६३,पाल्हिनन्दन गाउँपालिकाका २७ वटा विद्यालयका १८ सय ३० जना,सरावल गाउँपालिकामा रहेका १८ विद्यालय केन्द्रित खोप केन्द्रमा १४ सय ३ जना, प्रतापपुर गाउँपालिका ३० विद्यालयका २१ सय ९४ जना र सुस्ता गाउँपालिकाको २३ विद्यालय खोप केन्द्रमा १४ सय २३ जना किशोरीलाई २२ माघ देखि २८ माघसम्म पाठेघरको मुख क्यान्सर विरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ ।

जन स्वास्थ्य कार्यालयले २ सय एक स्वास्थ्यकर्मी र ३ तीन ८ स्वमसेवक गरि खोप केन्द्रमार्फ सम्बन्धि पालिका स्वास्थ्यकर्मि, स्वास्थ्य स्वयंसेविका र विद्यालय नर्सहरुलाई खोप कर्ताको रूपमा खटाउने भएको छ । दुई चरणमा खोप संचालन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी