नयाँ एचएमपिभीको जोखिम नेपालमा खासै छैन : डा. सिंह

नयाँ एचएमपिभीको जोखिम नेपालमा खासै छैन : डा. सिंह

  • बुधबार, पुस २४, २०८१
  • दीपक चौरासीया

  • 10.3K
    SHARES

बिरगंज २४ पौष । नेपाल भारत सिमा जोडिएको बिरगंज रक्सैल खुल्ला नाकामा के सुरक्षित छ ? छिमेकी देश चीन र भारतामा हालै देखा परेको नयाँ एचएमपिभी भाइरस खासै डर मान्नुपर्ने आवश्यकता नरहेको नारायणी अस्पतालका सुचना अधिकारी डाक्टर उदयनारायण सिंहले बताएका छन् ।

यो संक्रमण ठूला मानिसमा देखा नपरे पनि बालबालिका बृद्धाबृदहरुमा देखा परेको बताए । अहिले आएर यो एचएमपिभि भाइरस छिमेकी देश भारतको ब्याङलोरमा बालबालिकाहरुमा देखा परेको तर उक्त बालिका देशभन्दा बाहिर नगएको भए पनि यो संक्रमण कसरी भयो भन्ने बारेमा भन्दा पनि यसबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने बारेमा ध्यान दिन जरुरी रहेको डाक्टर सिंहले बताएका हुन ।

हाम्रो छिमेकी देश भारतमा देखा परेको यो एचएमपिभि नेपालमा पनि खुल्ला सिमानाका भएकोले प्रवेश गर्न सक्ने उच्च जोखिम रहेको डाक्टर सिंहले बताएका छन् ।खासगरी यो एक प्रकारको श्वासप्रश्वासमा देखा पर्ने मौसमी परिवर्तनको रुघाखोकी जस्तै रहने यो भेरिएसन हो आतिहाल्नु पर्ने अवस्था नरहेको बताए ।

उनले भने हामीलाई कोरोना भाइरस बाट धेरै कुरा सिक्ने अवसर पाएकाले रुघाखोकी नाकघाटी दुखेको खण्डमा तातोपानी खाने साबुनपानीले हात घुने माक्र्स लगाउने भौतिक दुरीमा बस्ने सरसफाइमा ध्यान दिने र संक्रमितलाई आफुभन्दा केही टाढा राख्ने यस्तो गरेको खण्डमा वचन सकिने डाक्टर सिंहको भनाइ रहेको छ।

सरकारले अहिले त्यस्तो कुनै ब्यवस्थापन नगरेको भए पनि हामीले आपतकालीन अवस्था आए चार बेटको आइसुलेट राखिएको डाक्टर सिंहले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी