त्रिवेणी युवा क्लवद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न, एक सय ६३ जनाले गरे रगत दान

त्रिवेणी युवा क्लवद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न, एक सय ६३ जनाले गरे रगत दान

  • शनिबार, पुस २०, २०८१
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं । रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्वेच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । नेपालमा बर्सेनि करिब तीन लाख युनिट रगत चाहिन्छ तर जहिल्यै अभावका समाचार आइरहेका हुन्छन् । पछिल्लो समय बाढी, पहिरा, भूकम्पजस्ता प्राकृतिक कारणदेखि सडक दुर्घटना एवं स्वदेशमै अनेक जटिलखालका रोगहरूको शल्यक्रियाको सुविधा पनि उपलब्ध भएसँगै रगतको माग आकासिएको छ । ब्लड बैंकहरूले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । योग्य व्यक्तिहरूले पनि रक्तदान नगर्ने प्रवृत्तिले गर्दा देशमा रगतको अभाव भएको छ ।
रगतको अभाव कम गर्न बिभिन्न संघसस्था तथा समुहरुले नियमित रुपमा रक्तदान अभियान नै चलाउर्दै आएका छन् । यसैक्रममा काठमाडौं २९ अनामनगर स्थित त्रिबेणी युवा क्ललबले पनि अभियान कैरुपमा नियमित रक्तदान कार्यक्रम सन्चालन गर्दै आएको छ ।

शनिवार पनि अनामनगर चोकमा रक्तदान कार्यक्रम आयोजना गर्यो । सो क्रममा एक सय ६३ जना महिला तथा पुरुषले रक्तदान गरे । क्लवले आफ्नो नियमित तीन महिनाको अन्तरालमा आयोजना गर्दै आइरहेको रक्तदान कार्यक्रम अन्तरगत अनामनगर चोकमा आयोजित यो कार्यक्रम १९ औ पटक हो ।

क्लबका अध्यक्ष विन्देश खनालका अनुसार त्यसअघि वडाभित्रका बिभिन्न स्थानमा पुगेर रक्तदान कार्यक्रम आयोजना गर्दै आएकोमा त्रिबेणी युवा क्लवले हाल नियमित रुपमा एकै स्थानमा रक्तदान कार्यक्रम सन्चालन गर्दै आईरहेको छ ।
यसअघि अविरल वर्षाको बाबजुद पनि रगतको मर्म र आवश्यकतालाई मनन् गरि क्लबले रक्तदान कार्यक्रम सन्चालन गरेको थियो ।
आधुनिक चिकित्सामा जतिसुकै विकास भएपनि हालसम्म रगत कृत्रिम तरिकाले बनाउन सकिएको छैन। त्यसैले आवश्यक व्यक्तिलाई रगत दिनुपरेमा रक्तदान नै एकमात्र उपाय हो।

मानव शरीरमा पुरानो रगतको क्षय हुने प्रक्रिया नियमितरूपमा भइरहन्छ। त्यसैले त्यत्तिकै खेर जाने रगत नियमित रक्तदान गर्दा केही फरक पर्दैन अर्थात् कुनै हानी हुँदैन।

स्वास्थ्यसम्बन्धी अन्य कार्यक्रम भन्दा रक्तदान आयोजना गर्न, व्यवस्थापन गर्न तुलनात्मकरूपमा सजिलो छ। बैंक, सहकारी, रेडक्रस, क्लब आदिले विभिन्न कार्यक्रममा रक्तदान गराउने कारण यो पनि हो।
स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको, मलेरिया, क्षयरोग, जन्डिस, मधुमेह तथा एचआइभीरएड्स नलागेको व्यक्ति रक्तदान गर्न योग्य मानिन्छन् । गर्भवती र महिनावारीको समयमा र सुत्केरी भएको छ महिनाभन्दा अगाडि रक्तदान गर्नु हुँदैन ।

रक्तदान गर्दा कतिपय मुटुजन्य रोगका समस्या र कतिपय मधुमेहजन्य रोगका समस्या निदान हुने विभिन्न स्वास्थ्य अनुसन्धानले प्रमाणित गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विकसित देशमा एक हजारमा ३३ दशमलव चार जना, विकाशोन्मुख देशमा ११ दशमलव सात जना र अल्पविकसित देशमा चार दशमलव छ जनाले मात्र रक्तदान गर्ने गर्दछन् । विश्वको जनसङ्ख्याको दुई प्रतिशतले मात्र रक्तदान गर्दा पनि बिरामीको उपचारको लागि रगत अभाव हुँदैन भन्ने तथ्याङ्क छ ।

एकपटकमा केवल ३५० मिलिलिटर मात्र निकाल्ने गरिन्छ। जुन कुल तौलको २०औं भाग मात्र हो। रक्तदान गरेपछिको २४ घण्टाभित्र शरीरको तरल भागले भए पनि परिपूर्ति गर्छ।

यसरी संकलित रगत ब्लड बैंकमा ३–४ सातासम्म सुरक्षित राख्न सकिन्छ।

रक्तदान गर्नु तीन घण्टाअगाडि पोषिलो खाना खानु राम्रो हुन्छ। त्यसैगरी रक्तदान गरेपछि खाजा तथा जुस खुवाउने चलन राम्रो हो।

रक्तदान सम्बन्धी कतिपय गलत धारणा व्याप्त छ। यदि झोलिलो तथा पौष्टिक खानेकुरा खाएमा रक्तदानपछि कुनै थकाइ लाग्दैन। रक्तदानकै कारणले रगत कम हुँदैन।
रक्तदान जीवनदान भन्ने कुरा सबैलाई थाहा छ । रगत दिएर अरुलाई बचाउन सकिन्छ भन्ने पनि थाहा छ, तर पनि युवाहरू रक्तदानमा सहभागी हुँदैनन । आमरूपमा रक्तदान गर्नुपर्छ भन्ने चेतना जगाउन जरुरी छ ।
युवाहरूमा रक्तदानको महत्वबारे अवगत गराउन विद्यालय, विश्वविद्यालयका पाठ्यक्रमहरूम रक्तदानसम्बन्धी पाठ्यसामग्री समावेश गर्न सकिन्छ । पाठ्यपुस्तकमा रक्तदानबारे एउटा सानो पाठ राखिदियो भने ती विद्यार्थीलाई रक्तदान गर्न उत्पे्ररणा मिल्छ । पाठ्यपुस्तकमा नै पढेपछि रक्तदानको आवश्यकता, महत्व र उपयोगिताका बारेमा सजिलै बुझाउन सकिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी