अध्यक्ष दाहालद्वारा महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

अध्यक्ष दाहालद्वारा महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

  • आइतवार, पुस १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौँ, १४ पुस : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

महासचिव वैद्यको सुरेश वाग्ले क्यान्सर सेन्टरमा उपचार भइरहेको छ । अध्यक्ष दाहालले आज साँझ अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै परिवारजनसित पनि भेट गर्नुभएको थियो । सो क्रममा उपचारमा संलग्न चिकित्सकहरुले महासचिव वैद्यको छातीमा सङ्क्रमण तथा दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने अध्यक्ष दाहाललाई जानकारी दिएका थिए ।

सो अवसरमा महासचिव वैद्यले आइसियुमा सारेपछि केही सहजता महसुस भएको अध्यक्ष दाहाललाई जानकारी दिनुभयो । अध्यक्ष दाहालले उहाँको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी