रुसले क्यान्सर निको पार्न बनाएको भ्याक्सिनको मुल्य नेपालमा कति पर्ला ?

रुसले क्यान्सर निको पार्न बनाएको भ्याक्सिनको मुल्य नेपालमा कति पर्ला ?

  • शुक्रबार, पुस ५, २०८१
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाण्डौँ । रुसले मंगलबार यो शताव्दीकै ठूलो वैज्ञानिक खोजका रुपमा विकास गरको क्यान्सर बिरुद्धको भ्याक्सिनको मुल्य कति पर्ला नेपालमा ? यो भ्याक्सिन नेपालले खरीद गर्ला ? यो भ्याक्सिन रुसी नागरिकलाई सन् २०२५ मा निशुल्क रुपमा लगाउने राष्ट्रपति पुटिनले घोषणा गरीसकेका छन् ।

रुसको यो घोषणाले संसारका दशौँ करोड क्यान्सर पीडित नागरिकमा आशा जागेको छ । नेपालमा पनि ठूलो संख्यामा क्यान्सर पीडित नागरिकहरु मंहगो उपचार गराईरहेका छन् , धेरैको ज्यान गईरहेको छ ।

यो खोपको नाम एमआरएनए राखिएको छ । रुसी श्वास्थ्य मन्त्रालय अन्तर्गत रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेईले यो खोप आगामी बर्षबाट रुसी नागरिकमा लगाउने बताएका छन् ।

यो भ्याक्सिन बिस्वका नागरिकका लागि कहिले उपलव्ध हुने हो त्यो तय भएको छैन । शायद विश्व स्वास्थ्य संगठनले यसको प्रमाणिकरण पछि मात्रै विश्वमा रुसले निर्यात गर्न पाउनेछ ।

यो भ्याक्सिनले क्यान्सर रोगीको सिक्वेन्स परीक्षण गरेपछि त्यो ब्याक्टेरीया नष्ट गर्न भ्याक्सिनले नयाँ प्रोटिन पैदा गर्नेछ र त्यसपछि त्यो ट्युमर सहित कुनै पनि क्यान्सर फैलन रोकिदै निको हुने अनुसन्धानकर्ताहरुको दाबी छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार यो भ्याक्सिन भारतमा आईपुग्दा दुई लाख बढी आईसी पर्ने बताएका छन् । यदी त्यसो भयो भने नेपालमा यसको मुल्य तीन लाख बढी पर्ने अनुमान गरिएको छ ।

तर यो कहिले आउने हो टुंगो भने छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी