लघु, घरेलु तथा साना उद्योगको विकासमा जोड दिँदै कृषि तथा घरेलु उद्यम मेला सम्पन्न

लघु, घरेलु तथा साना उद्योगको विकासमा जोड दिँदै कृषि तथा घरेलु उद्यम मेला सम्पन्न

  • बिहिबार, अशोज २४, २०८१
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौँ, २४ असोजः अर्थतन्त्रका तीन खम्बा लघु, घरेलु तथा साना उद्योगको प्रवर्धन, आयातलाई निर्यातले प्रतिस्थापन गरी सबल अर्थतन्त्र निर्माणमा जुट्नुपर्नेमा जोड दिँदै यहाँ सञ्चालित दशदिने कृषि तथा घरेलु उद्यम मेला सम्पन्न भएको छ ।

देशको अर्थतन्त्रलाई आत्मनिभर अर्थतन्त्रमा रुपान्तरण गर्नका लागि घरेलु तथा साना उद्योगहरुको महत्वपूर्ण भूमिका हुने भएकाले साना तथा घरेलु उद्योगहरुको प्रवद्र्धन र विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा सम्बद्ध उद्यमीहरूले जोड दिएका छन् ।

“नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान” नाराका साथ घरेलु तथा साना उद्योग सङ्घ काठमाडौँ र काठमाडौँ महानगरपालिकाले आयोजना गरेको मेलाको समापन गर्दै सङ्घकी अध्यक्ष पद्मकुमारी कार्कीले अर्थतन्त्रको खम्बाका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योहरुको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै स्थानीयस्तरमा रहेका साना उद्यमीहरुको मनोबल बढाउनुपर्छ भन्नुभयो।

उहाँले घरेलु तथा साना उद्यमीद्वारा उत्पादन गरिएका वस्तुहरुलाई प्रवद्र्धनका साथै बजारीकरण गरी बेरोजगारीलाई केही हदसम्म घटाउन सकिने विचार व्यक्त गर्नुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले लघु, घरेलु तथा साना उद्योग नै अर्थतन्त्रको आधार भएको यस्ता उद्योगहरुको प्रवद्र्धनका लागि महानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाले १५ वटा वडामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ सुरु गरेको जानकारी दिँदै बाँकी १७ वटा वडामा पनि चाँडै उक्त कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले लघु, घरेलु तथा साना उद्योगहरुको विकासमा राज्यले नीतिगत रुपमा व्यवस्था गरे पनि त्यो व्यावहारीक रुपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
काठमाडौँ महानगरपालिका सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौलाले लघु, घरेलु तथा साना उद्योहरुको प्रवद्र्धन र बजारीकरणमा सघाउन मेला आयोजना गरिएको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा उद्यमशीलता तालिम लिएर उद्यम प्रारम्भ गर्ने सोच बनाएकाहरूलाई समेत लक्ष्य गरी सञ्चालन गरिएको मेलामा गुणस्तरीय उत्पादन, बजारीकरण गर्ने, ‘ब्राण्डिङ’बारे उद्यमीहरूले अनुभव आदानप्रदान गरेका थिए ।

मेलामा लघु घरेलु तथा साना उद्योगका उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता, अचार, छोप, फेल्ट, ढाका र अल्लो, जुम्ला र मुस्ताङका जैविक उत्पादन, कस्मेटिक, हस्तकलाका सामग्री, चोयाको सामान, तयारी पोशाक, गहना, ढाकाका कपडा, ओखलमा कुटेका च्युरा, मखमलका जुत्ता, काष्ठकलाका सामग्री, प्लाष्टिक पुनःप्रयोग गरेर बनाइएका वस्तु, बाँसको जराबाट बनाइएका कलात्मक वस्तुलगायत ७० वटा कक्षमा उत्पादन प्रदर्शन गरिएका ा थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी