बंगलादेशसँग ४० मेगावाट विद्युत् बिक्री सम्झौता आज हुँदै

बंगलादेशसँग ४० मेगावाट विद्युत् बिक्री सम्झौता आज हुँदै

  • बिहिबार, अशोज १७, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाण्डौ । आज नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली बिक्री सम्झौता हुँदैछ । नेपाल विद्यत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम ९एनभीभीएन० र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड ९बीपीडीबी० बीच त्रिपक्षीय सम्झौता हुन लागेको हो ।
सम्झौता हस्ताक्षर कार्यक्रम आज अपराह्न ४ बजे होटल याक एण्ड यतीमा हुनेछ । उक्त सम्झौता नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बंगलादेशका अन्तरिम सरकारका वातावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा हुनेछ ।

सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङ र बीपीडीबीका अध्यक्ष मोहमद रिजाउल करिमले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिदसम्बन्धी समिति ९सीसीजीपी०गत जेठ २९ गते नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्ने निर्णय गरेको थियो । सीसीजीपीले प्रतियुनिट ८।१७ टका९करिब ९ रुपैयाँ०मा नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने निर्णय गरेको थियो ।

विद्युत खरिदका लागि साउन १३ मा सम्झौता हुने तय भएको थियो । तर सम्झौता नहुँदै तत्कालीन प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी थिइन् ।

बंगलादेशमा नेपालबाट विद्युत नेपाल–भारत ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर ट्रान्समिसन लाइन र भारत–बंगलादेश–बरामपुर–भेरमारा क्रस बोर्डर ट्रान्समिसन लाइनमार्फत प्रवाह गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी