नारायणी अस्पतालको मेसुको जिम्मेवारी डा. चुमनलाल दासलाई

नारायणी अस्पतालको मेसुको जिम्मेवारी डा. चुमनलाल दासलाई

  • आइतवार, अशोज ६, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

बिरगंज ६ असोज । नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट जिम्मेवारी डा चुमनलाल दासलाई दिइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख फेरिएका छन्। महाशाखा प्रमुखमा ुप्रमुख जनस्वास्थ्य प्रशासकु डा भीमप्रसाद सापकोटाले जिम्मेवारी पाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै सापकोटालाई उक्त जिम्मेवारी दिएका हन्। डा सापकोटाले महाशाखा प्रमुखको जिम्मेवारी पाएसँगै उक्त महाशाखा प्रमुख रहेका डा चुमनलाल दासलाई नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको छ।

डा सापकोटा ११औं तहमा बढुवा भएदेखि मन्त्रालयमा नै कार्यरत थिए। तर उनलाई कुनै पनि महाशाखाको प्रमुखको जिम्मेवारी भने दिइएको थिएन। नयाँ जिम्मेवारी पाएका डा सापकोटाको महाशाखा प्रमुखका रुपमा यो नै पहिलो जिम्मेवारी हो।

समन्वय महाशाखामा डा सापकोटाको सेवा समूह समेत मिलेको छ। यसअघि डा दासको सेवा समूह भने मिलेको थिएन।

डा सापकोटालाई मन्त्रालयमा कार्य सम्पादन गर्न सक्ने र नतिजा निकाल्न सक्ने कर्मचारीका रुपमा चिनिन्छन्। उनले केही समयअघि मात्र जर्मनीबाट इन्टरनेसनल हेल्थ विषयमा पिएचडी गरेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै सापकोटालाई उक्त जिम्मेवारी दिएका हन्। डा सापकोटाले महाशाखा प्रमुखको जिम्मेवारी पाएसँगै उक्त महाशाखा प्रमुख रहेका डा चुमनलाल दासलाई नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको छ।

डा सापकोटा ११औं तहमा बढुवा भएदेखि मन्त्रालयमा नै कार्यरत थिए। तर उनलाई कुनै पनि महाशाखाको प्रमुखको जिम्मेवारी भने दिइएको थिएन। नयाँ जिम्मेवारी पाएका डा सापकोटाको महाशाखा प्रमुखका रुपमा यो नै पहिलो जिम्मेवारी हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी