पर्यटनमन्त्री पाण्डेकाे निर्देशन- “कुन फायल कहाँ अड्किएको छ २४ घण्टा भित्र छिनोफोनो गर्नु”

पर्यटनमन्त्री पाण्डेकाे निर्देशन- “कुन फायल कहाँ अड्किएको छ २४ घण्टा भित्र छिनोफोनो गर्नु”

  • बुधबार, भदौ ५, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, भदौ ५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिनुभएको छ ।
मन्त्रालयको सभाहलमा संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक छलफल कार्यक्रममा मन्त्री पाण्डेले असोज महिना भित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेश गर्न निर्देशन दिनुभएको हो ।
मन्त्रालयमा कुन फायल कहाँ अड्किएको छ त्यसको २४ घण्टा भित्र छिनोफोनो गरेर त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमहरुको बारेमा अनिवार्य रुपमा जानकारी गराउन उहाँको निर्देशन थियो ।

मन्त्री पाण्डेले भन्नुभयो, “असोज महिना आउनु अघि नै योजना कार्यान्वयनका लागि केके गर्छाैं ? गर्न सक्ने कार्यक्रमहरु के के हुन् ? गर्न नसक्ने काम के के हुन ? यस सन्दर्भमा अनिवार्य रुपमा गृहकार्य गर्दै अघि बढ्नु ।”

मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण गरि सोही अनुसार दिएर अघि बढ्न समेत निर्देशन दिनुभयो । त्यस्तै उहाँले नीतिगत सुधारका लागि समेत मन्त्रालयले चुस्त शैलीमा काम गर्दै अघि बढ्नु पर्ने बताउनुभयो ।
उहाँले कर्मचारीले इमान्दारी पूर्वध व्यवसायिक धर्म निर्वाह नगर्दा काममा ढिलो हुने बताउँदै, मन्त्री, कर्मचारीले नुनको सोझो गर्दै अनिवार्य रुपमा नतीजा दिने गरी काम गर्न आग्रह गर्नुभयो ।
त्यसै गरी उहाँले कानुन निर्माणमा भइरहेको प्रति इंगित गर्दै उहाँले तीन दिन भित्र अन्तरमन्त्रालयका काम समेत सम्पन्न हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आश्वास्त पारेको बताउनुभयो ।

साथै मन्त्री पाण्डेले गर्नु पर्ने कामको प्राथमिकीकरण, नीतिको सूचिकरण,काुनन निर्माणको प्राथमिकताका साथै संरचनागत रुपमा कहाँ कहाँ त्रुटी छ ? त्यसबारेमा संवेदशील भएर अघि बढ्न समेत आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी