राजस्व चोरी छली बिरुद्ध सशस्त्र प्रहरीको तस्करमाथि डण्डा ! चार बर्षको तुलनामा गत बर्ष सबैभन्दा बढि राजस्व

राजस्व चोरी छली बिरुद्ध सशस्त्र प्रहरीको तस्करमाथि डण्डा ! चार बर्षको तुलनामा गत बर्ष सबैभन्दा बढि राजस्व

  • आइतवार, भदौ २, २०८१
  • डम्मर दत्त भट्ट

  • 5K
    SHARES

कञ्चनपुर, २ भदौँ । कञ्चनपुर जिल्लामा छिमेकी मुलुक भारतका दुई प्रदेशसंग खुला सीमा जोडिएको कञ्चनपुरमा विगत बषौँदेखि चोरी तस्करी भईरहन्थ्यो । विगतमा भन्सार, सीमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीसंगको सेटिङ्ग मिलाएर तस्कर समुहले भारतबाट करोडौँका समान रातारात नेपाल भ्रित्राउन्थे । तर, अहिले तस्करको यो अवैध सेटिङ्ग, गैर कानुनी धन्दा सशस्त्र प्रहरीले तोडिएको छ ।
जिल्लाका सीमावर्ती क्षेत्रमा उपस्थिति विस्तार गरिरहेको सशस्त्र प्रहरीले अवैध भन्सार राजस्व चोरीछली मानव तस्कर, लागु औषध ओसारपसारका गैर कानुनी गतिबिधी नियन्त्रण एव समान बरामद गर्दै आएको छ । अवैध समान भन्सार चलान र लागु औषध तस्कर, मानव तस्कर प्रहरीमा चलान गर्न सकृयता देखिएको छ । पछिल्ला चार बर्षमा सशस्त्र प्रहरीले राजस्व संकलन उल्लेख्य प्रगति हासिल गरेको छ ।
कञ्चनपुरको स्थिति सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३५ गण शैलेश्वरीको तथ्याङ्क अनुसार पछिल्ला चार आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा सबैभन्दा बढि राजस्व संकलन गरेको छ । गत आर्थिक बर्ष ०८०÷०८१ मा ४ करोड ७६ लाख, ७९ हजार ४०७रुपैया बराबरको राजस्व संकलन गरेको उक्त अवैध समान बरामद गरेर भन्सार चलान गरेको हो ।

आर्थिक बर्ष ०७७÷०७८मा ४करोड १३लाख, ३२ हजार ९९०, आर्थिक बर्ष ०७८÷०७९मा २करोड ७०लाख, ११ हजार ७८५, आर्थिक बर्ष ०७९÷०८०मा ३करोड, २३ लाख, १५ हजार ५७७रुपैया बराबरको अवैध समान बरामद गरेर भन्सार चलान गरेको छ ।
गत आर्थिक बर्ष ०८०÷०८१मा भारतबाट गैर कानुनी रुपमा भन्सार राजस्व चोरीछली गरेर नेपालमा समान भ्रित्राउने, तस्करी गर्ने मानिस समेत पक्राउ परेका थिए । त्यस अघि समान मात्रै बरामद गर्ने प्रचलन भएपनि यस पटक सशस्त्र प्रहरीले तस्करीमा संलग्न मानिसपनि पक्राउ गरेर कार्बाही गर्न थालेको छ । सशस्त्र प्रहरी बल नम्बर ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र बहादुर चन्दले भन्सार चोरी तस्करी बिरुद्धमा सुन्य सहनशिलता नीति अनुरुप जहाँ तस्करी त्यही अन दी स्र्पोटमा एक्सनमा उत्रिएर काबाही गरिएको बताए । सशस्त्र प्रहरी कञ्चनपुरका एसपी चन्दले गत आर्थिक बर्षमा अवैध समान मात्रै नभई चोरीतस्करीमा संलग्न मानिस समेत पक्राउ गरिएको बताए । एपिएफका एसपी चन्दका अनुसार गत आर्थिक बर्षमा चोरी तस्करीमा संलग्न १ टिप्पर भ्यान, १बुलेरो र ८० मोटरसाईकल समेत बरामद गरिएका छन ।
सशस्त्र प्रहरीले कञ्चनपुरमा भन्सार चोरीछली गर्ने तस्कर गिरोह मात्रै नभई लागु औषध एव मानव तस्कर समेत पक्राउ गरेको छ । लागु औषध सहित २१ र मानव ओसारपसारमा संलग्न २० महिला, १७ पुरुष गरी ३७ मानिस पक्राउ गरेर थप कार्बाहीका लागि नेपाल प्रहरीलाई बुझाएको छ ।
सशस्त्र प्रहरीका एसपी चन्दले कञ्चनपुरको कमाण्ड सम्हालेपछि बिओपीपतिदेखि जिल्लाभरीका सम्पूर्ण सशस्त्र प्रहरीका कर्मचारी एव अधिकृतलाई तस्करसंग कुनै हिमचिम होईन, धमाधम अवैध गतिबिधी नियन्त्रण गर्न निर्देशन जारी गर्दै आएका छन । तस्कर बिरुद्धमा निर्मम भएर काम गर्न निर्देशन दिएपनि कुनै सशस्त्र प्रहरीले तस्करसंग अवैध बार्किनिङ्ग, साँठगाँठ एव संलग्न भएको पुष्टी भए सो सशस्त्र प्रहरी कर्मचारी अधिकृतलाई कार्बाहीको चेतावनी दिदै आएका छन ।
चोरी तस्करी बिरुद्धमा सशस्त्र प्रहरीले सकृयता देखाएकै कारण राज्यको करोडौँ रकम राजस्व चोरीछलीबाट जोगिर्दै आएको छ । सीमावर्तीका स्थानीय नागरिकले समेत हरेक बर्ष समयमा सशस्त्र प्रहरीले मातृभूमिक रक्षादेखि राजस्व चोरीतस्करी, सीमा क्षेत्रमा हुने मानव, लागु औषध तस्करी जस्ता गतिबिधी निर्मम रुपमा नियन्त्रण गर्नुपर्नेमा सुझाव दिर्दै आएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी