प्रभू बैंकको नाफामा सुधार

प्रभू बैंकको नाफामा सुधार

  • सोमवार, साउन २१, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४९९.०४ प्रतिशत बढी हो।

गत आर्थिक वर्ष प्रकाशित विवरण अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ४३ करोड रुपैयाँ थियो। तर आज प्रकाशित विवरण अनुसार सो आर्थिक वर्षमा बैंकको इम्पेरमेन्ट चार्ज ५ अर्ब २१ करोड रुपैयाँ रहेको छ। जसका कारण हाल प्रकाशित वित्तीय विवरण बैंकको खुद नाफामा उल्लेख्य वृद्धि देखिएको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९.९६ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २०.६७ प्रतिशत बढेको छ।

हाल प्रकाशित विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १७ रुपैयाँ ८४ पैसा बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपैयाँ रहेको छ।

२३ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १२ अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ५.५१ प्रतिशत बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी