साउन १५ काठमाण्डौँ । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले संसद भवन निर्माणको गति सुस्त देखिएको भन्दै चासो व्यक्त गरेका छन्।
काम गति सुस्त भएको गुनासोपछि आज निरीक्षणमा पुगेका उपप्रधानमन्त्री सिंहले सिफ्ट बढाएर भएपनि बाँकी रहेको ९ महिनाको समयावधिभित्र काम सक्न निर्देशन दिएका छन्।
त्यसका लागि आवश्यक सहजीकरण गर्न मन्त्रालय तयार रहेको उनको भनाइ थियो।
‘समयमा भवन निर्माणको काम सम्पन्न गर्न के समस्या छ ? मन्त्रालयले के सहजीकरण गर्नुपर्छ ? मन्त्रालय तयार छ। काम छिटो हुनुप¥यो। दोहोरो, तेहरो सिफ्टमा काम गरेर भएपनि बाँकी रहेको समयावधि ९ महिनामा बाँकी रहेको सबै काम काम सक्नुपर्यो,’ उपप्रधानमन्त्री सिंहले निरीक्षणपछि भने ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline