अपर हेवाखोला हाईड्रोपावर कम्पनीको साधारणसभा सम्पन्न

अपर हेवाखोला हाईड्रोपावर कम्पनीको साधारणसभा सम्पन्न

  • बुधबार, असार २७, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

२६ असार, काठमाडौं । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले १२औं वार्षिक साधारणसभा सम्पन्न गर्दै कम्पनीको संचालक समितिबाट गरिएको स्वतन्त्र संचालकमा शेरबहादुर कार्की र संस्थापक शेयरधनीतर्फ भिमलाल पौड्यालको नियुक्ति अनुमोदन गरेको छ । सभाले रिक्त रहेको सर्वसाधारण तर्फबाट ईन्द्र प्रसाद लामीछानेलाई चयन गरेको छ ।

कम्पनीका अध्यक्ष पवित्रा कार्कीको अध्यक्षतामा असार २६ गते बुधबार सम्पन्न सभाले कम्पनीको आर्थिक वर्ष २०७९-०८० को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ ।
त्यस्तै , समीक्षा आ.व. को वासलात, लेखापरीक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन समेत सभाबाट पारित भएका छन् ।

यस अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९-८० मा सेयरधनीलाई लाभांश दिन सकेन ।
कम्पनीले ८.५ मेगावाटको अपर हेवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८, चैत महिनादेखी व्यावसायिक उत्पादन गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी