नारायणी अस्पतालका पुर्व मेसु प्रधान नेपाल मेडिकल काउन्सिलको सदस्य पदमा नियुक्त

नारायणी अस्पतालका पुर्व मेसु प्रधान नेपाल मेडिकल काउन्सिलको सदस्य पदमा नियुक्त

  • शुक्रबार, जेष्ठ २५, २०८१
  • दिपक चौरसिया

  • 8.2K
    SHARES

बिरगंज २५ जेठ । बीरगंजका चर्चित वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर विरेन्द्र बहादुर प्रधानपलाई नेपाल सरकारले नेपाल मेडिकल काउन्सिलको सदस्य जस्तो गरिमामय पदमा नियुक्ति गरेको छ।

नेपाल सरकारले रिक्त रहेको सदस्य पदमा बीरगंजका ख्यातिप्राप्त विशेषज्ञ डाक्टर प्रधानलाई मन्त्रीपरिषद्ले बिहीबार नियुक्ति गरेको हो । बीरगंजको नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट रहेको समयमा नारायणी अस्पताललाई सेवा विस्तार गर्न ठूलो भुमिका खेलेको भन्दै डाक्टर प्रधानलाई बिहीबार बसेको मन्त्रिपरिषद्ले नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल मेडिकल काउन्सिलको सदस्य पदमा नियुक्ति गरेको छ ।

सरकारले अहिले देशभर बाट आफ्नो दक्षेता तथा कामको मुल्यांकनको आधारमा सो सदस्य पदमा नियुक्ति गर्ने क्रममा नेपाल भरिबाट ६ जना मध्ये बीरगंजका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर प्रधान पनि पर्न सफल भएका हुन ।
डाक्टर प्रधानले नारायणी अस्पतालमा २०७८ साल जेष्ठ ६ गतेदेखि मेडिकल सुपरिटेन्डेन्ट ञमेसुझ पदमा कार्यरत रहदा १८ महिनाको कार्यकालमा सेवा विस्तार गर्ने क्रममा जेष्ठ नागरिक वार्ड,, डाइलसिस थप, आइसियु वार्ड स्थापना, १५ शैयको डाइलसिसलाई थप २३ शैयको वार्ड विस्तार, सिटि स्क्यान,पिआइसियु ,फार्मेसी ,आक्सिजन भवन ,एनआइसि विस्तार, एमआर भवन निर्माण, ओपिडि काउन्टर , इमर्जेन्सी विस्तार क्याटल्याप र सबैभन्दा महत्त्वपूर्ण फोहोर ब्यवस्थापन तथा अन्य क्षेत्रमा सुधार गरेकोमा नेपाल सरकारले अहिले मुल्यांकन गरि उक्त काउन्सिल जस्तो गरिमामय पदमा डाक्टर प्रधानलाई नियुक्ति भएका छन् ।

बीरगंजका ख्यातिप्राप्त वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर प्रधानलाई नेपाल सरकारले नेपाल मेडिकल काउन्सिलको सदस्य पदमा नियुक्ति हुनुभएको बीरगंजबासीको लागि गर्भ ,भएको वरिष्ठ रोग विशेषज्ञ डाक्टर उदयनारायण सिंहले बताए ।
पुर्व मेसु प्रधानले आफ्नो कार्यकालमा नारायणी अस्पताललाई गुणस्तरीय तथा जनशक्तिमा परिणत गर्न सफल बनाउन जनता सामु सक्षम भएको डाक्टर सिंहले बताएका छन् । उनले पुराएको योगदानलाई अहिले ढिलै भए पनि नेपाल सरकारले उहाँको मेहनतको कदर गदै उक्त काउन्सिल जस्तो गरिमामय पदमा बाहाली गर्नु भनेको नेपाल चिकित्सक संघ पर्साको लागि गर्भको बिषय भएको डाक्टर सिंहले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी