६ वैशाख, काठमाडौं । देशभर आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइँदैछ । आज बिहीबार र भोलि शुक्रबार दुई दिन सरकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ । भिटामिन ए ३२ र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने बताइएको छ ।भिटामिन ए क्याप्सुल ३२ लाख र जुकाको औषधि करिव २९ लाख बालबालिकालाई खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भिटामिन ए कार्यक्रमका लागि ५५ हजार स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका परिचालित हुने बताइएको छ ।
सरकारले बालबालिकालाई २०५० सालदेखि भिटामिन ए खुवाउँदै आएको छ भने २०५६ सालदेखि जुकाको औषधि पनि नियमित रुपमा खुवाउन थालेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline