प्रतापपुर क्षयरोगमुक्त लक्ष्य सहित नि:शुल्क स्वास्थ्य शिविर आजबाट शुरु

प्रतापपुर क्षयरोगमुक्त लक्ष्य सहित नि:शुल्क स्वास्थ्य शिविर आजबाट शुरु

  • मङ्लबार, चैत्र २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

पश्चिम नवलपरासी २७ गते । प्रतापपुर गाउँपालिकाको स्वास्थ्य शाखाले पालिका भित्रका पाच वडामा क्षयरोगका बिरामी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाका स्वास्थ्यकर्मी गाउँमै गएर क्षयरोगका बिरामीको पहिचान गरी थप स्वास्थ्य उपचार र सल्लाह दिन क्षयरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मन्तोष मुरावले जानकारी दिए ।

यही चैत २७ गतेदेखि ३० गतेसम्म पालिकाको वडा नं १ देखि ५ वडा सम्मका सम्पुर्ण गाउँमा क्षयरोग खोज पडताल गर्न स्वास्थ्यकर्मी सहितको टोली पुग्ने भएको छ । क्षयरोग परिक्षण र खोज पडतालका लागि स्थानीय सरोकारवालाहरुलाई अभिमुखिकरण र स्वमसेवक चयन लगायतका सबै तयारी भइसकेको बैदौली स्वास्थ्य चौकीका इन्चार्ज कौशल कुमार यादवले जानकारी दिए ।

सूक्ष्म जीवाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग नै क्षयरोग हो । स्वास्थ्य प्रति सचेतनाको कमी र गरिबीका कारण नेपालमा यस रोगका बिरामी धेरै छन् । विश्वमा मात्र होइन नेपालमा पनि क्षयरोगका बिरामी बढिरहेका उनी बताउछन् । यसको प्रमुख कारण खानपानमा ध्यान नदिनु र विलाशी जीवनशैली हो । प्रमुख मुरावले भने, “स्वास्थ्यकर्मी सहितको टोली प्रतापपुर गाउँपालिकाका यी वडाको गाउँ गाउँमा पुग्दै छन् ।

स्वास्थ्य सेवालाई सहज पहुँचमा पुर्याउनका लागि गाउँ केन्द्रित स्वास्थ्य सेवा दिने थालेको गाउँपालिकाका अध्यक्ष उमेशचन्द यादवले जानकारी दिए । प्रतापपुर गाउँपालिकालाई क्षयरोगमुक्त पालिका बनाउने लक्ष्यसहित काम अघि बढाएको अध्यक्ष यादवले बताए ।

पालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई गाउँमा लिएर स्थानीयको स्वास्थ्य जाँच र उनीहरूको स्वास्थ्य समस्या बारे समाधान गर्न लागि गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन जस्ता राहत हुने कार्यक्रम स्थानीय सरकारले विशेष प्रथामिकतामा राखेर काम गरिरहेको अध्यक्ष यादवको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी