काठमाडौं, २४ चैत । सेवा सहयोग तिर्थयात्रा स्थापनाको १ वर्ष पुगेको उपलक्ष्यमा शनिवार निशुल्क फोक्सो परिक्षण स्वास्थ्य शिविर सन्चालन गरिएको छ । नेपाल भाषा साहित्य(तःमुज्या ये)को आयोजनामा सन्चालित शिविरमा एक सय ५० जना सर्वसाधारण नागरिकले विशेषज्ञ डाक्टरबाट फोक्सोको परिक्षण गराएका थिए ।
नेपाल तथा भारतका बिभिन्न तिर्थस्थलमा न्युनतम शुल्क उठाएर सामुहिक भ्रमणमा लैजाने गरेको सेवा सहयोग तिर्थयात्राले सोहि क्रममा बचत भएको रकमबाट स्वास्थ्य शिविरको आयोजना गरेको मंगल दास श्रेष्ठले जानकारी दिनुभयो ।
सेवा र सहयोगको भावनाले चन्द्रागिरि नगरपालिका १२, बलम्बु, काठमाडौंका सिद्धि कुमार महर्जन, मंगल दास श्रेष्ठ र यश कुमार श्रेष्ठले बिं सं. २०७२ चैत्र २४ गते खोटाङ्गको हलेसी महादेवबाट सेवा सहयोग तिर्थयात्रा सुरु गरेका थिए । तर यसको दर्ता भने ०८० पौष ३ गते मात्रै भएको सिद्धिकुमार महर्जनले बताउनु भयो ।
सुलभ र स्तरिय सेवा सहित विभिन्न तिर्थस्थलहरु भ्रमण गराउने, तिर्थस्थल भ्रमणबाट बाँकी हुन आउने रकम सेवा सहयोग तिर्थयात्राको कोषमा जम्मा गर्ने र कोषको रकमबाट स्वास्थ्य, शिक्षा, साँस्कृतिक लगायत विपन्न वर्गहरुको लागि आवश्यक र अवस्था हेरी सहयोग गर्ने उदेश्यका साथ स्थापना भएको यो संस्था नेपालका विभिन्न तिर्थस्थलहरु भ्रमण गराउँदै आइरहेको गैर राजनैतिक सेवा र सहयोग मुलक स्थानिय संस्था हो ।
सेवा सहयोग तिर्थयात्राले तिर्थस्थाल भ्रमण गराउने मात्रै नभएर शैक्षि तथा स्वास्थ्य क्षेत्रमा पनि सहयोग गर्दै आएको छ । जेहनदार तथा आर्थिक अवस्था कमजोर भएका २ जना विद्यार्थीलाइृ कक्षा १० सम्म पढ्नलाई छात्रवृत्ति प्रदान गरिएको मंगलदाश श्रेष्ठको भनाई छ । बलम्बु उच्च माविका एक जना छात्रालाई कक्षा ७ देखि १० सम्म छात्रवृत्ति प्रदान गरिएको हो । यस्तै चन्द्रागिरि नगरपालीका ५ का विरामी महिलालाई उपचार खर्च समेत प्रदान गरिएको श्रेष्ठले बताउनु भयो ।
१ वर्षमा संस्थाले ६४ औं पटक विभिन्न मठ मन्दिरहरुको तिर्थयात्रा गराई २५३३ जना तिर्थयात्रीहरुको सेवा गरि सकेको साथै तिर्थयात्राबाट बचत हुन आएको रकम मध्येबाट ११ विभिन्न समाजिक कार्यहरु (स्वास्थ्य, शिक्षा, साँस्कृतिक कार्यक्रम, वृद्धाआश्रम, रक्तदान आदी) मा सहयोग गर्दै आइरहेको उहाँले बताउनु भयो ।

गुर्जुधारामा आयोजना गरिएको शिविरलाइ ख्वप अस्पतालले प्राविधिक सहयोग गरेको थियो । शिविरमा फोक्सोलाइ जवान बनाईराख्न र दम रोगका बिरामीलाई सहज बनाउनका लागि थेरापि समेत सिकाईएको थियो ।


