नारायणी अस्पतालको मुद्दा छिटो टुंग्याउन सांसद यादवद्वारा सर्वोच्चको ध्यानाकर्षण

नारायणी अस्पतालको मुद्दा छिटो टुंग्याउन सांसद यादवद्वारा सर्वोच्चको ध्यानाकर्षण

  • शुक्रबार, चैत्र २, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

काठमाडौं, २ चैत । जनता समाजवादी पार्टी (जसपा) प्रमुख सचेतक प्रदिप यादवले वीरगंजको नारायणी अस्पतालको मुद्दा छिटो टुंग्याउन सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा बोल्दै सांसद यादवले वर्षौसम्म मुद्दाको छिनोफानो नहुँदा अस्पतालको संरचना निर्माण अगाडि बढ्न नसकेको र अस्पतालमा भौतिक संरचनाको अभावले सेवाग्राही र विरामीले दु:ख पाइरहेको बताए ।
नारायणीलाई पाँच सय शैय्याको अस्पताल बनाउने लक्ष्यअनुसार सरकारले अस्पताल निर्माणको लागि करिब डेढ अर्बको लागतमा पछिल्लोपटक ८ वैशाख ०७६ मा बोलपत्र आह्वान गरेको जानकारी गराउँदै सांसद यादवले तर सहरी विकास तथा भवन निर्माण विभागले केही कागजात र भौचरको नाम फरक भएको कारण ठेक्का रद्ध गरेको र अर्को बोलपत्र आह्वान भएको उल्लेख गरे । ‘त्यसविरुद्ध ठेकेदार कम्पनीले उच्च अदालतमा रिट दायर गर्यो । अदालतले १७ कात्तिक ०७७ मा दोस्रो बोलपत्र रद्ध गर्यो । यो आदेशविरुद्ध २ पुस ०७७ मा भवन निर्माण विभागले सर्वोच्च अदालतमा निवेदन दर्ता गर्यो र अहिलेसम्म विचाराधीन छ । पेशीमा चढ्छ, सुनुवाइ हुँदैन, फैसला पनि हुँदैन,’ उनले भने ।
अस्पतालको भौतिक संरचना निर्माणको विषयमा विभाग र ठेकेदारको लडाइँले नारायणी अस्पतालको पाँच सय शैय्याको अस्पतालको निर्माण ओझेलमा परेको र जनताले दुख भोगिरहेको उनको भनाइ थियो । ‘त्यसकारण तत्काल मुद्दाको छिनोफानो गरेर निकास दिन सर्वोच्च अदालतको ध्यानाकर्षण गराउँदछु,’ उनले भने ।
सांसद यादवले विकासे मुलुकको दादागिरीले नेपालभर जलवायु परिवर्तनको असर देखा परेको र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमाल पग्लेको छ भने मधेशका जिल्लामा पानीको मुहान सुकिरहेको उल्लेख गरे । हालै कोप २८ मा भाग लिँदा नेपाल सरकारले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता जनाएको पनि त्यसअनुरुप सरकारले तीव्र गतिमा काम नगर्दा यो अवस्था सिर्जना भएको उनको भनाइ थियो ।
‘मधेशका जिल्लामा पानीको मुहान सुकिरहेको छ । वीरगंजमामात्रै अधिकांश चापाकल सुक्ने क्रममा रहेको छ । गर्मीको दिन आइसकेकाले अबका केही दिनमा वीरगंजका सबै चापाकल सुक्छ जानकारले बताइरहेका छन् । सबै चापाकलको पानि सुक्यो भने वीरगंजमा पानीको अभावले विकराल अवस्था आउँछ,’ उनले भने ।
कुनै बेला सय फिटमा पानी आउने मधेश प्रदेशमा अहिले ३ सयको लेयरमा पनि पानी नभेटिएको भन्दै सांसद यादवले सरकारी धारा जडानका लागि खानेपानी संस्थानमा सेवाग्राहीको भिड भइरहेको बताए । ‘जनशक्ति र बजेटको अभावमा खानेपानी संस्थानलाई धेरै समस्या भएको छ,’ उनले भने, ‘वीरगंजमा खानेपानीको अभाव अन्त्य गर्नको लागि नेपाल सरकारको एक्सन प्लान के छ ?’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी