काठमाडौं । परम्परागत ज्ञान र सिपलाई प्रविधिसँग जोड्न आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् । विज्ञान प्रविधिमा महिला (WIST) ले काठमाडौंको हार्दिक होटलमा आयोजना गरेको “विज्ञान तथा प्रविधिमा महिलाको सहभागिता, अवस्था, चुनौती तथा समाधान” बिषयक कार्यक्रममा सहभागी वक्ताहरुले आधुनिकताको नाममा पुर्खाको खोज र अनुभवबाट प्राप्त तथा प्रयोगमा आएका अमूल्य सिप, कला र ज्ञानलाई समाप्त हुने अवस्था आउन दिनु नहुनेमा जोड दिएका हुन् ।
प्रविधिको विकाससँगै आधुनिकताका नाममा परम्परागत ज्ञान र सिप संरक्षण र प्रयोगमा कमि आईरहेको भन्दै उनीहरुले यस्तो अवस्थाको अन्त्यका लागि सबैको हातेमालो आवश्यक पर्ने बताए । साथै उनीहरुले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा विज्ञानको प्रयोगले सकारात्मक परिवर्तन आएको पनि बताए ।
प्यानल छलफलका क्रममा प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यावस्थापन केन्द्र प्रमुख सह सचिव सावित्री बरालले पछिल्लो समय प्रविधिमा भएका विकासले कृषि क्षेत्रमा राम्रो प्रतिफल दिएको बताउनु भयो । कृषि क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय रहेपनि अपनत्व भने महिलाले पाउन नसकेको बताउनु भयो । महिला भएन भने कुनै पनि फार्म सफल हुन नसक्ने पनि उहाँले ठोकुवा गर्नुभयो । तर महिलाको कृषि क्षेत्रमा मत्वपूर्ण उपस्थिती, योगदान भएपनि महिलाले त्यसको प्रतिफल भने पाउन नसकेको बताउनु भयो ।
महिलालाई नितान्त कामदारको रुपमा मात्रै प्रयोग भएको भन्दै उहाँले निर्णय अधिकार र त्यसको प्रतिफल पाउन अझै कठिन रहेको बताउनु भयो ।

यस्तै सशस्त्र प्रहरी उपरीक्षक क्यान्सर बिशेषग्य डा. सौजन्य कर्माचार्यले विज्ञान प्रविधिको विकाससँगै स्वास्थ्य उपचारको क्षेत्रमा ठूलै उपलब्धि मिलेको बताउनु भयो । तर नेपालको परिपेक्षमा ग्रामिड र शहरि क्षेत्रमारहेका नागरिकको स्वास्थ्य उपचार, स्वास्थ्य सेवा लिने कार्यमा व्यावहारि अप्ठ्यारा र विभेद देखिएको बताउनु भयो ।
काठमाडौं लगायत शहरी क्षेत्रमा विशेषज्ञ चिकित्सकको सेवा फोन गरेर समय लिएर जुनसुकै समयमा लिन सकिने भएपनि ग्रामिण तथा दुर्गम क्षेत्रमा रहेका नागरिकले सामान्य स्वास्थ्य सेवा पाउँन पनि कठिन रहेको बताउनु भयो । त्यस्ता स्थानका नागरिकले विशेषज्ञ चिकित्सकको सेवा लिन फ्रि हेल्थ क्याम्प कुर्नुपर्ने अथावा कयौ दिन धाएर सुविधासम्पन्न अस्पताल सम्म पुग्नुपर्ने बाध्यता अझै रहेको बताउनु भयो । उहाँले सडक तथा विशेषज्ञ चिकित्सकको सहज पहुचको अभावमा रोग पाले बस्न बाध्य हुनुपरेको बताउनु भयो । कयौमा भने स्वास्थ्य सम्बन्धि सहि ज्ञानको अभावमा पनि उचित उपचार पाउनबाट शहरि क्षेत्रका नागरिक पनि बन्चित बनेको उहाँको भनाई छ ।
उहाँले अझ महिलाहरुमा उचित ज्ञानको अभाव, समयाबारे खुलेर बोल्न, जचाउन नसक्ने भएका कारण पनि रोग पालेर बसिरहेको बताउनु भयो । महिलाहरुमा अहिले स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पाठेघर खस्ने समस्या बढी देखिएको डा. कर्माचार्यले बताउनु भयो । उहाँले बेलैमा उपचार गरेमा क्यान्सर ठिक हुने बताउदैँ ३० बर्ष उमेर पुगेका महिलाले अनिवार्य पाठेघरको मुखको जाँच गराउनु पर्ने र १४ बर्षदेखिका किशोरीले क्यान्सरबाट बच्न भ्याक्सिन लगाउनुपर्ने सुझाव पनि दिनुभयो ।
उहाँले पुरानो परम्परागत आयुर्वेदिन पद्धतिबाट गरिने स्वास्थ्य उपचारलाई पनि नयाँ प्रविधिसँगै अगाडि बढाउनुपर्ने बताउनु भयो ।

कार्यक्रममा नास्टकी वरिष्ठ वैज्ञानिक डा. टिष्टा प्रसाई जोशीले पछिल्लो समय विज्ञानका क्षेत्रमा महिलाहरुको सहभागिता बढेको बताउनु भयो । उहाँले महिलाहरुलाई साइन्स पढ्न नै कठिक रहेको भएपनि अहिले देखिएको सहभागिता आशालाग्दो रहेको बताउनु भयो । साइन्स बढ्न चाहने र अध्यनरत बिद्याथिलाई बिचैमा अध्ययन छाडेर पलायन हुनबाट जोगाउन सबैले भूमिका खेल्नुपर्ने बताउनु भयो । वैज्ञानिक महिलाले आफुलाई रोड मोडलका रुपमा उपस्थिती जनाएर यो क्षेत्रमा आउन चाहने महिलालाई सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्यानल छलफलको सहजीकरण वन तथा वातावरण विभागकि उपसचिव मधु घिमिरेले गर्नुभएको थियो । कार्यक्रमको औचित्यको बारेमा रसायन समाजशास्त्रका उपाध्यक्ष प्राध्यापक खुमा धितालले प्रकाश पार्नुभएको थियो भने स्वागत मन्तव्य पद्मा वैद्यले गर्नुभएको थियो ।
कार्यक्रमकी प्रमुख अथिति इन्जिनियर तिमिला यमिले नेपालमा ग्रिन इनर्जिको सम्भावना प्रचुर रहेकाले सरकारले निति नै बनाएर यसमा काम गर्न आवस्यक रहेकोमा जोड दिनुभयो ।
कार्यकमका अध्यक्षता विज्ञान प्रविधिमा महिला(WIST) का अध्यक्ष रोज श्रेष्ठले गर्नुभएको थियो भने सन्चालन WIST का कार्यकारी सदस्य सफला श्रेष्ठले गर्नुभएको थियो ।
तस्विरहरु….
