लुम्बिनी प्रादेशिक अस्पतालमा मुटु परिक्षण गर्ने “क्याथ ल्याब” सेवा सुरु

लुम्बिनी प्रादेशिक अस्पतालमा मुटु परिक्षण गर्ने “क्याथ ल्याब” सेवा सुरु

  • बुधबार, फाल्गुन १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

देउखुरी १६ फागुण । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मुटु परीक्षण गर्ने क्याथ ल्याब सेवा सुरु भएको छ । अस्पतालको ११४ औ बार्षिक उत्सवको अबसर पारेर प्रादेशिक अस्पतालले यो सेवा सुरु गरेको हो । मुटुको परिक्षण गर्ने क्याथ ल्याव सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले उदघाटन गर्नु भएको हो ।

प्रदेश मातहतका अस्पतालहरुमा क्याथ ल्याव सुरु गर्ने लुम्बिनी प्रादेशिक अस्पताल पहिलो भएको अस्पतालले जनाएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालय राजु खनालले क्याथ ल्याब सञ्चालनको लागि चालु आर्थिक वर्षमा २२ करोड रुपैंयाँ बिनियोजन गरेको जानकारी दिनुभयो । क्याथ ल्याव सेवा सुरु भएसँगै लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रले महत्वपूर्ण फड्को मारेको मन्त्री खनालको भनाई छ । “मुटु सम्बन्धी सानो समस्या हुँदा पनि अन्यत्र जानु पर्ने बाध्यता अब हटेको छ । अब प्रदेश भित्रै यस्को उपचार हुन्छ ।” मन्त्री खनालले भन्नुभयो “प्रादेशिक अस्पताललाई विशिष्टिकृत सेवा प्रदान गर्ने अस्पताल बनाउने कार्य अन्र्तगत यो सेवा सुरु गरिएको हो ।” उहाले लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशकै विशिष्टीकृत र राष्ट्रकै अब्बल अस्पताल बनाउनको लागि कुनै कसर बाँकी नराखि काम गरिने बताउनु भयो ।

स्वाथ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थीले स्वाथ्य क्षेत्रमा एकिकृत विकास आवश्यक रहेको भन्दै आफुले मन्त्रालयबाट सेवा, सुविधा विस्तारको लागि पहल गर्दै आएको वताउनु भयो । उहाले अस्पतालमा मुटु रोग विशेषज्ञको दरबन्दी अनुसार चिकित्सक अभाब हुन नदिने बताउनु भयो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन थापाले शल्यक्रिया बिना नै मुटुका सामान्य अवरोधहरु हेर्ने, खोल्ने र मुटुको भल्भहरु साँघुरो भए घटाउने काम क्याथ ल्याबबाटै हुने वताउनु भयो। अब मुटु रोगको छिटो पहिचान गर्न सजिलो हुने र उपचारमा थप सहज हुने डा थापाले बताउनु भयो ।

दैनिक झण्डै ३ हजार बिरामीले ओपीडी सेवा लिने अस्पतालमा मुटुरोगीको चाप बढ्दै गएपछि बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवा दिन क्याथ ल्याव सेवा जरुरी भएको अस्पतालका बरिष्ट मुटु रोग विशेषज्ञ रोशन घिमिरेले बताउनु भयो । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले क्याथ ल्याब सञ्चालनको लागि चालु वर्ष २२ करोड रुपैंयाँ बिनियोजन गरेको थियो ।

क्याथ ल्याबमा २ जना चिकित्सकसहित २ जना स्टाफ नर्स, १ एनेस्थेसिया र १ हेल्पर लगायत गरी ८ जनाको समूहबाट सेवा प्रदान हुने अस्पतालमा प्रशासन प्रमुख राजन केसीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी