आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान, काठमाडौंसहित २४ जिल्लाका ९ महिनादेखि १५ बर्षसम्मका बालबालिका समेटिँदै

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान, काठमाडौंसहित २४ जिल्लाका ९ महिनादेखि १५ बर्षसम्मका बालबालिका समेटिँदै

  • शुक्रबार, फाल्गुन ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, ११ फागुन । सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै यही फागुन १३ देखि चैत ७ गतेसम्म देशभर खोप अभियान सन्चालन गर्दै छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सन्चार केन्द्र, परिवार कल्याण महाशाखाले शुक्रवार टेकुमा पत्रकार सम्मेलनको आयोजना गर्दै जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो ।

अभियानअन्तरगत तराईका २१ जिल्ला सहित काठमाडौं, भक्तपुर र ललितपुरमा ९ महिनादेखि १५ बर्ष उमेर समुहका बालबालिकामा दादुरा रुबेला विरुद्धको खोप लगाईने र अन्य ५१ जिल्लामा ९ महिना देखि ५ वर्ष सम्मका बालबालिकालाई खोप दिईने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सन्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शीला श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले एक जना दादुरा संक्रमित व्याक्तिबाट १८ जना सम्मलाई सर्न सक्ने भएकाले खोप अभियानमा सहभागित जनाई संक्रमण नियन्त्रणमा सघाउ पुर्याउन आग्रह गर्नुभयो । दादुरा रुबेला संक्रमण निवारणका लागि खोप नै अन्तिम विकल्प भएको उहाँको भनाई छ ।

अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिनुभयो । उहाँले ती वालबालिकालाई एक हजार छ सय ७० खोप केन्द्रबाट खोप लगाइने बताउनुभयो ।
बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले देशभर ५७ लाख बालबालिकालाई दादुरा रुबेला बिरुद्धको खोप दिईने बताउनु भयो । त्यसका लागि ६३ लाख खोप ल्याईएको र काठमाडौं आसपासका केहि जिल्ला बाहेक अधिकाशं जिल्लामा खोप वितरण भईसकेको डा. गौतमले बताउनु भयो ।

पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने उहाँले बताउनुभयो । बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन् ।

काठमाडौँ महानगरपालिकामा दुई लाख ५० हजार बालबालिका छन् । काठमाडौँ जिल्लाका १० स्थानीय तहमा शङ्खरापुर, कागेश्वरी मनहरा, गोकर्णेश्वर, दक्षिणकाली, नागार्जुन, टोखा, तारकेश्वर, बूढानीलकण्ठ, चन्द्रागिरि र कीर्तिपुरमा फागुन १३ गतेदेखि र काठमाडौँ महानगरपालिकामा यही फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । खोप अभियानमा तीन सय ३२ स्वास्थ्यकर्मी र तीन हजार एकजना स्वयंसेवक परिचालन गरिने छ ।

भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने डा. गौतमले जानकारी दिनुभयो ।

काठमाडौँ दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो । गत वर्ष काठमाडौँ जिल्लामा दादुरा–रुवेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एकजनाको मृत्यु भएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो ।

दक्षिणपूर्वी एसियाबाट सन् २०२६ सम्ममा दादुरा–रुवेला निवारण गर्ने लक्ष्य राखिएको छ । सोही अनुसार राष्ट्रियव्यापी अभियान सुरु गर्न लागिएको हो । यसअघि नेपालले सन् २०१९ र पछि सन् २०२३ मा निवारणको लक्ष्य लिए पनि सम्भव नभएपछि सन् २०२६ लाई निर्धारण गरिएको खोप शाखा पमुख डा. गौतमले बताउनु भयो । उहाँका अनुसार सन् २०२२/२३ मा नेपालको धेरै जिल्लामा दादुरा रुवेलाका बिरामी देखा परी महामारी फैलिएपछि २०२६ लाई लक्ष्य निर्धारण गरिएको हो ।

दादुरा रूवेला निवारणका लागि दादुरा खोपको दुवै (पहिलो र दोस्रो) मात्राको प्रगति सबै तहमा ९५ प्रतिशतभन्दा धेरै भएको हुनुपर्ने आधार र सर्तहरू रहेको छ । दादुरा–रुवेलाविरुद्धको खोपको राष्ट्रिय अभियानमा सबै पक्षको सहयोग आवश्यक भएको डा. गौतमले बताउनुभयो ।

दादुरा–रुबेला खोप नलगाएमा अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, न्यूमिनिया हुने इन्सेफलाइटिक्स हुने, कम्पन्न हुने तथा बालबालिकाको मृत्युसमेत हुनसक्ने भएकाले नियमित रुपमा खोप लगाउनुका साथै छुटेका बालबालिकालाई समेत अनिवार्य खोप लगाउनुपर्ने उहाँको आग्रह गरेको छ । पूर्ण खोप नलगाएका बालबालिकालाई समेत यहि खोप अभियानकै कममा छुटेको खोप पनि दिईने समेत उहाँले स्पष्ट पार्नुभयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी