प्रमाणमा आधारित अनुसन्धानमा ‘डिजिटल फरेन्सिक ल्याब’ प्रभावकारी

प्रमाणमा आधारित अनुसन्धानमा ‘डिजिटल फरेन्सिक ल्याब’ प्रभावकारी

  • बिहिबार, फाल्गुन १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ, १० फागुन : प्रमाणप्रधान अपराध अनुसन्धानमा नेपाल प्रहरीको ‘डिजिटल फरेन्सिक ल्याब’ सहयोगीसिद्ध भएको छ ।

डेटा विश्लेषण गरी प्राप्त नतिजालाई ‘रिपोर्टिङ’ गर्ने भएकाले फरेन्सिक ल्याबले अदालत वा न्यायिक प्रक्रियाको अनुसन्धानका लागि प्रभावकारी तुल्याएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।

प्रवक्ता ढकालका अनुसार स्थापनादेखि हालसम्म ल्याबले चार हजार पाँच सय ५३ वटा मुद्दाका जम्मा २१ हजार चार सय १५ वटा सबुद परीक्षण गरेको छ । अझै पाँच हजार एक सय १३ वटा मुद्दाका २४ हजार चार सय २५ वटा सबुद परीक्षणका लागि ल्याबमा दर्ता भएका छन् । उहाँले अहिले दर्ता भएकामध्ये पाँच सय ६० मुद्दाका तीन हजार १० सबुद परीक्षणका क्रममा रहेका बताउनुभयो ।

चालू आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिनाको अवधिमा चार सय ४० वटा मुद्दाका दुई हजार एक सय ६२ वटा सबुद परीक्षण सम्पन्न भएका जनाइएको छ । प्रवक्ता ढकालले भन्नुभयो, “प्रमाणमुखी अपराध अनुसन्धान कार्यमा सहयोग गर्ने र सहजता ल्याउने भूमिका ल्याबको रहन्छ । आजकल अपराधीले कतै न कतै डिजिटल प्रविधि प्रयोग गरेर अपराध गर्न थालेको देखिन्छ । त्यसैले प्रहरीले पनि आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी उच्चतम प्रयोग गर्न थालेको हो ।”

नेपालमा अपराध अनुसन्धानका क्रममा सङ्कलित वैज्ञानिक प्रमाणहरू संरक्षण, उत्खनन र विश्लेषण गर्न डिजिटल फोरेन्सिक ल्याब स्थापना भई क्रियाशील रहेको छ ।

ल्याबका प्रमुख, प्रहरी उपरीक्षक श्यामकुमार मण्डलका अनुसार हाल ल्याबबाट कम्प्युटर, मोबाइल, सामाजिक सञ्जाल, मल्टीमिडिया, मेमोरी, ड्रोन, जिपीएस र आइओटी डिभाइसलगायत फरेन्सिक परीक्षण र विश्लेषण गरी सम्बन्धित निकायलाई प्रतिवेदन प्रदान गर्ने गरिएको छ ।

अपराधको प्रकृति र प्रवृत्तिमा डिजिटल प्रविधिको प्रयोगतर्फ ध्यान जानु आवश्यक छ । हाल अदालत, संवैधानिक आयोग, नेपाल सरकारबाट गठित समितिहरू, नेपाल प्रहरी, नेपाली सेना, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग, वन कार्यालय फरेन्सिक सेवा प्राप्त गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी