बैंक तथा वित्तीय संस्थाविरुद्ध सम्प्रेषण भएका निराधार तथा बदनियतपूर्ण समाचारप्रति सिबिफिनको गम्भीर ध्यानाकर्षण

बैंक तथा वित्तीय संस्थाविरुद्ध सम्प्रेषण भएका निराधार तथा बदनियतपूर्ण समाचारप्रति सिबिफिनको गम्भीर ध्यानाकर्षण

  • आइतवार, फाल्गुन ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, ६ फागुन । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु बिरुद्ध सम्प्रेषण भईरहेका समाचार तथा भनाईहरु निराधार तथा बदनियतपूर्णरुपमा आएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सिबिफिनले आइतवार विज्ञप्ति निकालेर त्यस्ता भ्रामक तथा तथ्यहिन विषयहरुको पछि नलाग्न पनि आग्रह गरेको छ । आफ् संलग्न बैंक तथा वित्तिय संस्थाहरुको बारेमा केहि बुझ्नु परेमा सम्बन्धित बैंक तथा संस्थााका आधिकारीक प्रतिनिधिसँग सम्पर्क गर्न पनि सिबिफिनले ग्राहकहरुलाई आग्रह गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको विरुद्धमा विगत केही दिनदेखि केही व्यक्ति/समूहबाट बैंक तथा वित्तीय संस्थाहरुको साख, गरिमा, विश्वसनियतामा ठेस पुग्ने गरी विभिन्न अफवाह फैलाउने र आशंका एवं अविश्वास बढाउने खालका समाचारहरु सम्प्रेषण गर्नेे कार्यहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउर्दै सिबिफिनले सर्वसाधारण निक्षेपकर्ता तथा समग्र ग्राहक वर्गको हकहितका विषयमा कुनै पनि जोखिम सृजना नभएको पनि स्पष्ट पारेको छ । मुलुकको समग्र अर्थतन्त्रको मेरुदण्डकोरुपमा रहेका र सोही बमोजिमको कर्तव्य र भूमिका समेत निर्वाह गर्दै लाखौ ग्राहकहरुलाई अन्तराष्ट्रियस्तरको बैंकिङ सेवा प्रवाह गरिरहेका बैंक तथा वित्तिय संस्थाविरुद्ध गलत अफवाह फैलाउनेगरि प्रचार गर्ने कार्य गलत भएको सिबिफिनले भनेको छ ।
सवल नियमनकारी निकायको सुक्ष्म निगरानीमा तथा प्रचलित कानून तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरुका अक्षरशः पालना गर्दै संचालित बैंक तथा वित्तीय संस्थाहरुको अत्यन्त सवलीकरण र पारदर्शीरुपमा संचालन हुने सुनिश्चितता गर्न बनेको कानूनी व्यवस्था अनुसार नै सबै बैंक तथा वित्तिय संस्थाले कार्य गर्दै आएको पनि बताईएको छ । विज्ञप्तिमा भनिएको छ, “तसर्थ, केही व्यक्ति तथा समूहले फैलाएका भ्रामक तथा तथ्यहिन विषयहरुको पछि नलागी आफू सम्बद्ध बैंक तथा वित्तीय संस्थाहरुको वास्तविक तथ्यहरुका वारेमा बुझ्नु परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुका आधिकारिक प्रतिनिधिहरुलाई सम्पर्क गर्नुहुन समेत सम्पूर्ण ग्राहकवर्गहरुमा हार्दिक आग्रह गर्दछौं ।”

समग्र सरोकारवालाहरुको हकहित संरक्षण गर्ने विषयमा सिबिफिन र सम्पूर्ण बैंक वित्तीय संस्थाहरु पूर्णरुपमा प्रतिबद्ध र दृढ संकल्पित रहेको भन्दै विज्ञप्तीमा भनिएको छ, “२०८० पौष मसान्तसम्म कुल ग्राहस्थ उत्पादनको ११३.९३% निक्षेप, कुल ग्राहस्थ उत्पादनको ९४.४७% कर्जा लगानी, ६ हजार ४ सय ४१ शाखा संजाल रहेको बैंक तथा वित्तीय संस्थाहरुको मुख्य वित्तीय परिसूचकहरु स्वस्थ एवं सवल रहेको, सर्वसाधारण निक्षेपकर्ता तथा समग्र ग्राहक वर्गको हकहितका विषयमा कुनै पनि जोखिम सृजना नभएको जानकारी गराउदै समग्र सरोकारवालाहरुको हकहित संरक्षण गर्ने विषयमा सिबिफिन र सम्पूर्ण बैंक वित्तीय संस्थाहरु पूर्णरुपमा प्रतिबद्ध र दृढ संकल्पित रहेको विषय सबै सरोकारवालाहरुको जानकारीको लागि सूचित गर्दछौं ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी