बिपी प्रतिष्ठानमा ओपिडी सेवा सुचारु

बिपी प्रतिष्ठानमा ओपिडी सेवा सुचारु

  • आइतवार, माघ २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

धरान, माघ २८ गते । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २८ दिनपछि ओपिडी सेवा लगायत पढाई पुन सुरु भएको छ । गत पुस महिनाको २९ गतेदेखि शिक्षक, कर्मचारी र चिकित्सकहरूले १५ वर्षदेखि रोकिएको बढुवाको प्रक्रिया सुचारुको माग गर्दै बिपी प्रतिष्ठानको ओपिडी सेवा लगायत पढाई समेत अवरुद्ध गरेका थिए ।

साथै विद्यार्थीहरू पनि पढाइ सुचारुको माग गर्दै रिले अनसनमा बसेका थिए । यसबिच विभिन्न वार्ता छलफल भएपनि समस्या समाधान हुन सकेको थिएन । गत २४ गते उच्च अदालत, विराटनगरले बिपी प्रतिष्ठानको रोकिएको अन्तरवार्ता सुचारु गर्न कुनै वाधा नरहेको भनी अन्तरिम आदेश जारी गरेपछि बिपी प्रतिष्ठानको व्यवस्थापन पक्ष र शिक्षक कल्याण समाज तथा कर्मचारी कल्याण समाज संयुक्त सङ्घर्ष समितिबिच शनिबार ६ बुँदे सहमति भई भद्र अवज्ञा आन्दोलन स्थगित गरेको हो ।

बिपी प्रतिष्ठानको व्यवस्थापन पक्ष र संयुक्त सङ्घर्ष समितिबिच वार्तामा गत साल पुस २० गते र माघ २५ गते प्रकाशित विज्ञापन अनुसार सुरु भएको बढुवाको प्रक्रिया रोकिएको अन्तरवार्ता पुनः आगामी फागुन ६ गते सुरु गर्ने र सो को नतिजा अन्तर्वार्ता समाप्त भएको मितिले एक साताभित्र प्रकाशित गर्ने सहमति भएको छ । साथै शिक्षक, कर्मचारी र चिकित्सकहरू सबै जना आ–आफ्नो काममा फर्कने भनिएको छ ।

यो आदेशसँगै आन्तरिक बढुवाको प्रक्रिया सुरु गर्ने बाटो खुलेको हो । प्रतिष्ठानमा रहेका तीन हजार ३ सय १९ दरबन्दीमध्ये एक हजार ५ सय ३ दरबन्दी रिक्त छन् । त्यसमध्ये ७६६ दरबन्दीमा आन्तरिक बढुवा गर्न विज्ञापन गरिएको थियो । त्यसलाई अदालतले कानुन सम्मत ठहर गरेको छ ।

यस बाहेक नयाँ नियुक्तिका लागि सुरु गरिएको प्रक्रियामा भने अदालतले रोक लगाएको छ । लोक सेवा आयोगको सहभागिता बिना गर्न थालिएको नयाँ नियुक्तिलाई भने मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म रोक्न अदालतले अन्तरिम आदेश दिएको छ ।

यसअघि लोकसेवाले गर्दा कानुन सम्मत छैन भन्ने थियो तर गत २४ गते उच्च अदालतको आदेशले कानुन कानुन सम्मत छ भनेपछि अब अन्तरवार्ता कुनै बहानामा नरोकिने बिपी प्रतिष्ठानको रजिस्टार प्रा.डा. सूर्य प्रसाद सङ्ग्रौलाले बताउनुभयो । उहाँका अनुसार आगामी फागुन ६ गते अगावै सबै तालिकाहरू प्रकाशित गर्ने र सिनेटबाट सदस्य छनौट गरेर रिजल्ट आउट गर्ने उहाँले बताउनुभयो । अब आन्दोलन हुँदैन अदालतको आदेश सबैले पालना गर्नुपर्ने उहाँले बताउनुभयो ।

२७ औँ दिनमा कार्यकारी समितिको बैठक बसेर ६ बुँदे सहमति भएपछि आन्दोलन स्थगित गरेको कर्मचारी कल्याण समाजको सदस्य महेश्वर राईले बताउनुभयो । पहिला कानुन सङ्गत छैन कि भनेर बढुवा प्रक्रिया रोकिएको रहेछ तर उच्च अदालतको आदेश अनुसार अन्तरवार्ता हुने आसाले आन्दोलन स्थगित गरिएको उहाँले बताउनुभयो ।

उपचारको लागी धेरै समयपछि आएको धरान ११ निवासी देउमाया लिम्बुले बताउनुभयो । चिकित्सकले उहाँको चेकजाँचको रिपोर्ट हेर्नुपर्ने थियो तर आन्दोलनले गरेर रोकिएकोमा आज देखाएको उहाँले बताउनुभयो ।

यसैगरी वराहक्षेत्र नगरपालिका-७ निवासी उक्त खड्काले पनि आफ्नो उपचारको लागी आउनुभएको बताउनुभयो । यसरी बिपी प्रतिष्ठान खुलेसँगै कोशी प्रदेशका विभिन्न जिल्लासँगै मधेश प्रदेशका बिरामीहरूको घुइँचो थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी