भोजपुरमा १२ हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै

भोजपुरमा १२ हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै

  • बिहिबार, माघ २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

टक्सार (भोजपुर), २५ माघ : सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा रुवेलाबिरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै पहाडी जिल्ला भोजपुरमा पनि अभियान सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी थालिएको छ ।

भोजपुरमा आगामी फागुन २४ देखि २८ गतेसम्म खोप अभियान सञ्चालन हुने गरी तयारी थालिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । कार्यालयले अभियानबारे सरोकारवाला निकायसँग छलफल गरेको छ । जिल्ला समन्वय प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष कमल थुलुङ राईको अध्यक्षता भएको कार्यक्रममा खोप अधिकृत भरत भण्डारीले अभियानबारे जानकारी दिनुभएको थियो ।

सरकारले २०२६ सम्म दादुरा रुबेला निवारण गर्ने लक्ष्य लिएको खोप अधिकृत भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “बालबालिकालाई पूर्ण खोप नलगाउँदा बेलाबेलामा दादुरा रुबेला महामारीका रुपमा देखा पर्दै आएकाले लक्ष्य हासिल गर्न चुनौती थपिएको छ ।” भोजपुरमा छ महिनादेखि १५ वर्ष मुनिका १२ हजार ६० जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी फागुन १३ गतेदेखि चैत ७ गतेसम्म करिव ५७ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ । दादुरा–रुवेला सबभन्दा बढी सङ्क्रामक रोग भएको तथा यो रोग लागेका एक बिरामीले १८ जनासम्मलाई सार्न सक्ने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी