उत्पादनमुलक क्षेत्रमा बढी लगानी गर्न बैंकहरुलाई अर्थमन्त्रीको आग्रह

उत्पादनमुलक क्षेत्रमा बढी लगानी गर्न बैंकहरुलाई अर्थमन्त्रीको आग्रह

  • बुधबार, माघ १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं । अर्थमन्त्री डा।प्रकाशशरण महत अब बैंकहरुले धितोबेस कर्जा भन्दा पनि प्रोडक्टबेस कर्जालाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ । बुधबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री महतले नेपालमा अधिकांश कर्जा धितोबेस भएकाले कर्जा भन्दा धितो बढी लिएर कर्जा दिने प्रचलन रहेको बताउनुभयो । उहाँले बैंकहरु पनि कर्जा भन्दा बढी धितो लिएर कर्जा लगानी गरेकाले ढुक्क बस्ने गरेको बताउनुभयो । अब बैंकहरुले पनि धितोबेस कर्जा भन्दा पनि प्रोडक्ट अर्थात आयोजनाबेस भएर कर्जा प्रवाह गर्न आवश्यक रहेको औंल्याउनुभयो ।

अर्थमन्त्री महतले बैंकहरुले प्रोडक्टबेस कर्जा दिँदा कर्जा दिन लायक परियोजना भएरनभएको अध्ययन मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । उहाँले प्रोजेक्टबेस कर्जामा बैंकहरु जाने हो भने बिस्तारै धितो कर्जाको माग कम हुँदै जानसक्ने दाबी गर्नुभयो ।

मन्त्री महतले मुलुकको अर्थतन्त्र आर्थिक वर्ष २०७९र८० भन्दा सुधार अवस्थामा पुगेको दाबी गर्नुभयो । तर, आर्थिक वर्ष २०७९र८० भन्दा सुधार अवस्थामा पुगेको भएपनि सरकारले सोचेको जस्तो नभएको स्वीकार गर्नुभयो । उहाँले मुलुकको आवश्यकताहरु धेरै तर सरकारसँग साधन स्रोतहरु थोरै भएकाले धेरै आवश्यकताको बीचमा थोरै साधन स्रोत हुँदा प्राथमिकिकरण नपुगेको बताउनुभयो ।

मन्त्री महतले सरकारले सबैभन्दा बढी आवश्यकताको क्षेत्रमा खर्च गर्नुपर्ने बाध्यता रहेको पनि बताउनुभयो । उहाँले सरकारको प्राथमिकता प्राथमिकिकरण गरेर काम गर्ने गरेको उल्लेख गर्नुभयो । सिमित राज्यको साधन स्रोतलाई बढी भन्दा बढी प्रतिफल हुने क्षेत्रलाई प्राथमिकता दिएर खर्च गर्ने वर्तमान अवस्थामा चुनौति रहेको बताउनुभयो । उहाँले पर्यटन आगमन अहिलेसम्मकै उच्च, अर्थतन्त्रको वाह्य परिस्थिति सकारात्मक भएकाले आशा गर्ने ठाउँ रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी