प्रतिस्पर्धामा अब्बल सावित हुन टेलिकमका व्यवस्थापक र कर्मचारीलाई मन्त्री शर्माको निर्देशन

प्रतिस्पर्धामा अब्बल सावित हुन टेलिकमका व्यवस्थापक र कर्मचारीलाई मन्त्री शर्माको निर्देशन

  • बुधबार, पुस १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, १८ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्दै बढीभन्दा बढी नाफा कमाउने गरी काम गर्न नेपाल टेलिकमका व्यवस्थापक र कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकम केन्द्रीय समितिको १७औँ वार्षिकोत्सवलाई आज भद्रकालीमा सम्बोधन गर्दै मन्त्री शर्माले पछिल्लो समयमा यस संस्थामा सुधार गर्न मेहनत गर्नुपर्ने स्थिति आएको बताउनुभयो ।

“संस्थाको राजस्वमा गिरावट आएको छ । तपाईहरुले यसलाई हिजोको अवस्थामा फर्काउन निकै मेहन गर्नुपर्नेछ । जनताले अझै पनि यसलाई विश्वास गरिरहेका छन्, त्यो विश्वासलाई अवसरका रुपमा लिएर काम गर्नुहोस्”, नेपाल सरकारका प्रवक्ता शर्माले भन्नुभयो, “संस्थाले नाफा कमाएमा देशको आर्थिक समृद्धिका साथै यहाँका कर्मचारीको सेवा सुविधा वृद्धिमा पनि योगदान पुग्नेछ ।”

संस्था गिर्दै गएमा सुविधा कटौती हुनसक्ने उल्लेख गर्दै मन्त्री शर्माले यस्ता विषयमा सबै सङ्गठनको व्यावसायिक योजनासहित हातेमालो हुन सकोस् भन्नुभयो । गणतन्त्र प्राप्ति भइसकेपछि आफ्ना हक अधिकारको वकालतका साथै राजनीतिक दल र कर्मचारी सङ्गठनले ध्यान देशको आर्थिक समृद्धिमा हुनुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री शर्माले दूरसञ्चार ऐन, २०५३ संशोधनको गृहकार्य भइरहेको र टेलिकमको निवमावलीलाई सामयिक संशोधन गरिने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी