नेपाली इन्जिनियरिङ कलेजका विद्यार्थीलाई १५ लाख बढीकाे अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान

नेपाली इन्जिनियरिङ कलेजका विद्यार्थीलाई १५ लाख बढीकाे अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान

  • आइतवार, पुस १, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडाैं । नेपाली इन्जिनियरिङ कलेजका विद्यार्थीले १५ लाख बढीकाे अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गर्न सफल भएका छन् । कलेजका विद्यार्थी विप्लव पनेरु र भर्खरै स्नातक गरेका अनुप पौडेलसँगै पुल्चोक क्याम्पसका केमिकल इन्जिनियरिङका स्नातक चौथो वर्षका विद्यार्थी विश्व पनेरुले अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गरेका हुन् ।

उनीहरूले ‘टेक्नो-इकोनोमिक एनालिसिस अफ क्रायोजेनिक सीओ २ क्याप्चर प्रोसेस अफ नेपाल एन्ड इटस एप्लिकेसन’ शीर्षकको अनुसन्धान परियोजनाका लागि ११ हजार ८७५ डलरको अनुदान पाएका छन् ।

उनीहरू युनाइटेड इन्जिनियरिङ फाउन्डेसनको अनुदान कार्यक्रममा जलवायु समाधान परियोजनाका लागि स्वीकृत भएका हुन् । पुल्चोक क्याम्पसबाट मेकानिकल इन्जिनियरिङ फाउन्डेसन पाँच ठूला इन्जिनियरिङ सोसाइटीहरू: AICHE, IEEE, AIME, ASCE, र ASME को साझा कन्सोर्टियम हो । याे परियोजना एशियाबाट एक मात्र छनोट भएकाे परियोजना हाे ।

यसबाहेक, अनुदान कार्यक्रमको एक भागको रूपमा विश्वास र उनकाे टोलीलाई अमेरिकी इन्ष्टिच्युट अफ मेकानिकल इन्जिनियर्सद्वारा एक हजार अमेरिकी डलरकाे प्रस्तावित दुई आवश्यक पाठ्यक्रमहरू प्रदान गरिएको छ । यी पाठ्यक्रमहरूले केमिकल इन्जिनियरिङको क्षेत्रमा उनीहरूकाे ज्ञान र सीपलाई थप वृद्धि गर्ने अपेक्षा गरिएकाे छ । पाठ्यक्रमले जलवायु समाधानहरूमा योगदान पुर्‍याउन बहुमूल्य सीपहरू र अन्तरदृष्टिहरू प्रदान गर्नेछ ।

उनीहरूकाे परियोजना प्रतिवेदन चाँडै नै अमेरिकी इन्ष्टिच्युट अफ मेकानिकल इन्जिनियर्सको सस्टेनेबल एनर्जी कोर्प्सले आफ्नो अन्तर्राष्ट्रिय डाटाबेसमा प्रकाशित गर्ने बताइएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी