बक्यौता नतिर्ने ३० दूरसञ्चार सेवा प्रदायकहरुले सात दिन भित्र सम्पर्क नआए प्राधिकरणले कार्बाही थाल्ने

बक्यौता नतिर्ने ३० दूरसञ्चार सेवा प्रदायकहरुले सात दिन भित्र सम्पर्क नआए प्राधिकरणले कार्बाही थाल्ने

  • आइतवार, मंसिर १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नतिर्ने ३० दूरसञ्चार सेवा प्रदायकलाई सम्पर्कमा नआए लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ। आइतबार प्राधिकरणले जारी गरेको सूचना अनुसार दूरसञ्चार सेवा प्रदायकलाई सात दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो।

पटक पटक सूचना जारी गर्दापनि ३० सेवा प्रदायकहरू सम्पर्कमा नआएकाले अन्तिम पटक सात दिनको म्याद राखेर सूचना जारी गरेको प्राधिकरणले जनाएको छ। उनीहरूले नेपाल सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनु पर्ने अडीटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समय भित्र बुझाउनु पर्नेमा सो भएको नदेखिएको प्राधिकरणले जारी सूचनामा भनिएको छ।

उक्त अवधि भित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने प्राधिकरणले बताएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी